यूएई फुजेरामा तिज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न


मनु क्षेत्री
यु ए ई

नेपाली हिन्दू नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा अंतरास्ट्रीय कलाकार समाज क्षेत्रीय समिति फुजेरा द्धारा आयोजित तीज बिशेस सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
गैर आवसिय नेपाली संघ यूएईका अध्क्ष्य कृष्णा भुसालको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अनेकास यूएईका अध्क्ष्य महराज शर्मा ( मोहन) बिशिस्ट अतिथिति रहनु भएको थियो भने अनेकास क्षेत्रीय समितिका अध्क्ष्य बिष्णु प्रशाद अधिकारी ले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो।

10617371_4429576874557_1040349793_n

गैर आवसिय नेपाली संघ यूएई फुजेरा क्षेत्रीय समितिका कार्यबाहक अध्क्ष्य कृष्णा गिरीको स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कर्यक्रमको संचालन मनु क्षेत्री, अच्युत नेपाल र दीपिका ज्ञवाली ले गर्नु भएको थियो कार्यक्रममा प्रमुख अतिथि भुसालले मन्तब्य राख्दै गैर आवसिय नेपाली संघ फुजेरा क्षेत्रीय समिति लाइ अझै शसक्त बनाउदै फुजेरामा रहेका नेपालीहरुको समस्यालाई समाधानको निमित्त लागि पर्ने बाचन दिनु भएको थियो भने नेपाली राज दुताबास फुजेरा बाट धेरै टाढा रहेकोले एमआरपी पासपोर्ट लगायत अन्य समस्या समाधान गर्न राजदुताबास सांग समन्वय गरेर समस्या समाधानको पहल गर्ने बताउनु भयो।

10609306_4429576914558_1554838730_n
कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि मोहराज शर्मा मोहनले नेपाली भासा साहित्य तथा सस्कृतिको बिकाश, बिस्तर तथा प्रबर्दन गर्नको लागि आयोजन गरिने हरेक कार्यक्रममा अनेकास यूएई केंद्रीय समितिको सदैब सहयोग रहने भन्दै फुजेरामा आयोजित तिज बिशेस सस्कृत कार्यक्रम आयोजक कमिटीलाई धन्यवाद ज्ञापन गर्नु भयो।
औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा सभापति बिष्णु प्रशाद अधिकारीले एमआरपी पासपोर्ट बनाउने कुरामा फुजेराको लागि ले बिशेस एमआरपी क्याम्प आयोजन गर्न गैर आवसिय नेपाली संघ ले राजदुताबास सँग समन्वय गरेर सहयोग गर्न आग्रह गर्नु भएको थियो भने क्रायक्रमलाइ संगीतमय र सुमधुर बनाउनको लागि अतिथि कलाकार हेमन्ता कान्छाले तैयार पार्नु भएको नेपाली लोक धुनले स्वागत गर्दै सांगीतिक कार्यक्रम सुरु गरिएको थियो।

कार्यक्रममा क्षेत्रीय समिति दुबई-अबुधाबी , क्षेत्रीय समिति अल-ऐन र क्षेत्रीय समिति फुजेराका कलाकारहरुको बेजोड़ प्रस्तुति रहेको थियो भने नेपाल बाट आउनु भएका अतिथीकलाकार हेमन्त कान्छाको बिशेस प्रस्तुति रहेको थियो।कार्यक्रमलाई सफल पार्न बिशेस भूमिका खेल्ने संपूर्ण आयोजक कमिटी सदस्य अनेकास यूएई केंद्रीय अध्क्ष्य महाराज शर्मा, अल रोस्तामनी इंटरनेसनल एक्सचेंज तथा अच्युत नेपाल, डिजाइनिंग स्टुडियो तथा शिबलाल जैसी, नेपाली टेलर बर दुबई तथा रामचन्द्र नेपाली र बाबुराम बिश्वोकर्मा साथै हेमन्ता कान्छा, काशीनाथ भाट, किशोर थापा, बिरेन्द्र खडका लगायत बिभिन्न संग सस्था र ब्यक्तिहरुलाई बिशेस धन्यबाद ज्ञापन गरिएको थियो भने यास कार्यक्रम आयोजना गर्न बिशेस भूमिका खेलेको भन्दै आयोजकको समितिको तर्फ बाट मनु क्षेत्री लाइ सम्मान गरिएको थियो।

 

10617399_4429571754429_297330317_n
करीब ५ घण्टा चलेको उक्त कार्यक्रम अत्यन्तै मनरंजनात्मक रहेको प्रतिक्रिया दिदै दर्शकहरुले आगामी दिनमा समेत यस्ता सांस्कृतिक तथा संगतिक कार्यक्रम हुनु पर्ने मा जोड़ दिएका थिए भने आयोजक समितिका अध्क्ष्य बिष्णु प्रशाद अधिकारीले आगामी दिनमा फुजेरामा यस्ता कार्यक्रमले निरन्त्रता पाउने प्रतिक्रिया दिनु भएको थियो।

1 COMMENT

Comments are closed.