अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप तथा जर्मनीद्वारा आयोजित युरोप महादेश स्तरीय आठौँ क्षेत्रीय कार्यक्रमको मिति नजिकिदै गर्दा अतिनै द्रुत गतिमा फैलिएको र अहिले सम्म कुनै पनि उपचारको लागि खोप वा औषधि पत्ता नलागिसकेको “कोरोना भाइरस” को बढ्दो संक्रमणलाई मध्यनजर गरि हवाई उडानहरु बन्द गरिएका, कतिपय मुलुकहरुले ठुला कार्यक्रम वा जमघटहरु नगर्न वा त्यस्ता कार्यक्रमहरुमा सहभागी नहुन अपिल तथा अनुरोध गरिएका सूचना तथा समाचारहरु सार्वजनिक भैरहेको वर्तमान पृष्ठभूमिमा विषयको गाम्भिर्यतालाई मनन गरि आगामी अप्रिल ३ र ४ मा जर्मनीको म्युनिखमा आयोजित इनास युरोपको आठौँ क्षेत्रीय कार्यक्रम सार्नुको विकल्प हामी संग नरहेको अनुभूत गर्दछौं।
यद्धपि हाम्रो कार्यक्रममा रोग संक्रमित व्यक्तिहरुको उपस्थिति नहोला वा शून्य होला, त्यो एउटा कुरा हो । तथापी संक्रमणको सन्त्रास भने सबैलाई हुनेछ। हामी वा हाम्रो उक्त कार्यक्रम, हुनसक्ने सन्त्रासको कारण र कारक दुवै कदाचित बन्न चाहन्नौ । यसर्थ, पछि स्थिति सामान्य बनेपछि वा कार्यक्रममा सबैको उपस्थितिमा सहजीकरण भएको अनुभूत भएपछि वर्तमान देश र तोकिएकै स्थानमा कार्यक्रम आयोजना गर्ने गरि हाललाई ”अर्को सूचना प्रकाशित नभएसम्मका लागि” उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौ।
सन्त कुमार थापा मगर
संयोजक, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप
सुनिल गुरुङ
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी
