राजाराम पौडेल,पोखरा-
पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फेसन सप्ताह नेपाल पोखराका मोडलहरुको फोटोसुट गरियो । पोखराको फेवाताल, वेगनास ताल, सेती नदी किनारामा उनीहरुको फोटोसुट गरिएको हो । उनीहरुका विभिन्न पोजलाई क्यामरामा कैद गर्दै थिए फोटोग्राफर सुरज श्रेष्ठ । यसरी विभिन्न रमणिय ठाउँमा तस्विर खिच्न पाउँदा मोडलहरु समेत उत्साहित थिए । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएसनको संयुक्त आयोजनामा हुने फेसन सप्ताहको लागि उनीहरुको फोटोसुट गरिएको आयोजक डिजाइनर एशोसिएसनका अध्यक्ष दिपक न्यौपानेले जनाए ।

नेपाली नयाँ वर्ष २०७६ को अवसर पारेर द काठमाण्डौ पोष्टको प्रस्तुतीमा फेसन सप्ताह यहि चैत्र २८ गतेदेखि ३० गतेसम्म न्युरोड भाटभटेनीमा रहेको पोखरा स्काई स्र्पोटस्मा आयोजना हुनेछ । फेसन सप्ताहमा नेपालभरका २१ जना महिला र ५ जना पुरुष गरी कुल २६ जना मोडलहरु ¥याम्प वाल्कमा उत्र्रनेछन् । यसका अलावा गण्डकी प्रदेशमा रहेको जातीय समुदायको भेषभुषा स्थानिय मोडलबाट प्रर्दशन गरिनेछ । कार्यक्रमले गण्डकी प्रदेशले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष २०१९ लाई सघाउ पु¥याउने आयोजकको विश्वास छ ।

गायक स्वप्न सुमन, सागर आले, सन्तोष बस्याल आदीले कार्यक्रमको रौनतका थप्नेछन् । कल्चरल नृत्य समेत तहाँ हेर्न पाइनेछ । तीन दिनसम्म हरेक साँझ ६ बजेबाट राती ११ बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क पाँच सय तिनुपर्नेछ । डिनर सहितको लागि दुई हजार रुपैयाँ शुल्क लाग्नेछ ।

ज्वलरी डिजाइनर मोना श्राफले मोडलहरुलाई तालिम दिइरहेकी छन् । फेसन सप्ताहमा नेपाली संस्कृति झल्कने खालका भेषभुषालाई महत्व दिदै प्रर्दशन गरिनेछ । यसले अन्तराष्ट्रिय फेसन विकमा जान नेपालीलाई अवसर सिर्जना गर्ने अपेक्षा आयोजकको छ । फेसन सप्ताहको मेकअप पार्टनर गुरुङ व्युटी पार्लर र अनलाइन टिकट पार्टनर खल्ती रहेको छ । तीन दिने फेसन विकमा कुल २१ वटा सिक्वेन्स हुनेछन् । मोडललाई आर्कषक बनाउन १९ जना डिजाइनर खटिनेछन् ।

तस्विर : सुरज श्रेष्ठ (एस टु प्रोड्रक्सन)