राजाराम पौडेल,पोखरा –
आगामी बैशाख ६ गतेबाट पोखरामा नाटक ‘बाकस’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको छैटौ प्रस्तुतीको रुपमा मञ्चन हुन लागेको यो नाटक बैशाख २१ सम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । नाटकलाई उत्कृष्ट बनाउन यतिबेला रिर्हसल भइरहेको छ । नाटकलाई सरुभत्त श्रेष्ठले लेखेका हुन् । उनै श्रेष्ठले यो नाटकलाई निर्देशन गर्दै २५ वर्ष पछि नाटक निर्देशनमा कमव्याक गर्दैछन् । निर्देशनमा उनलाई परिवर्तनले सघाउँनेछन् ।

बाकसमा गोविन्द रमण पराजुली, प्रमिला तुलाचन, दिल प्रसाद गुरुङ, नवराज गिरी, रमेश बाबु तिमल्सिना, निश्चल विमल, शरद भण्डारी, सोनिया कार्की, इश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, धनकाजी श्रेष्ठ, दिक्षा कार्की आदीको अभिनय रहनेछ । पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालन भएपछि मञ्चन हुने यो ३० औँ नाटक हुनेछ । बाकसमा राष्ट्रिय परिवर्तनपछि देशको अवस्था चित्रण गरिएको छ ।

नाटकलाई उत्कृष्ट बनाउन आफुहरुले मेहनत गरिरहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । लामो समयको अन्तरालमा नाटक निर्देशनमा फर्कन पाएकोले उत्सािहत बनेको निर्देशक सरुभत्तले बताए । ‘मेरो रंगमञ्च प्रतिको प्रेम जारी रहेको छ, नाटक प्रतिको तृष्णा मेटिएको छैन’ उनले भने ।



तस्विर : राजाराम पौडेल