सागर राज तिमिल्सिना
पोखरा, साउन २८ –
कोरियन भाषा परीक्षा इपीएसको परीक्षा फाराम पोखराबाटै बुझाउन मंगलबार रातीबाटै लाइनमा बसेका छन् । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले परीक्षा फाराम पोखराबाट पनि बुझाउन सक्ने व्यवस्था मिलाएको थियो । यस वर्ष कोरियाले उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा नेपालबाट आवश्यकता अनुसार कामदार लैजादै छ ।
त्यसका लागी फाराम बुझाउन पोखरा उपमहा नगरपालिका वडा नम्बर १६ बाटुलेचौर स्थित विन्ध्यबासिनी उच्च माविमा मंगलबार रातिबाट युवा युवती लाइनमा बसेका थिए । अहिले विहान सम्ममा करिब ३ किलोमिटर लामो लाइन पुगेको उमेश पौडेलले जानकारी दिए । रात भरको अविरल वर्ष सगँ भिजेरै भए पनि लाइनमा बसेका छन् । परीक्षा फारम आज देखी ३१ सम्म फाराम भर्न पाइने शाखाले जानकारी दिएको छ । यस अगाडी काठमाडौबाट मात्रै भर्न पाईने फारम यस वर्ष देखि पोखरा, बुटवल, धरान र डडेल्धुराबाट भर्न पाईने छ । पाचौ इपिएस टपिकल परीक्षाको लागी असोज १० र ११ गतेलाई परिक्षा मिति तोकेको छ ।
सो केन्द्रमा कास्की, स्याङजा, पर्वत, बाग्लुङ्ग, म्याग्दी, तनहुँ लगाएतका जिल्लाबाट फाराम बुझाउन आएका छन् । पोखरामा फारम भर्ने सेवा सन्चालनका लागी करिब ४० जना कर्मचारी र सोही अनुरुपमा सुरक्षाकमी परिचालन हुने छन् । अघिल्लो पटक करिब ४७ हजारले फारम भरेका थिए भने यस वर्ष करिब ६० हजारले फारम भर्ने अनुमान छ ।
तस्विर ः उमेश पौडेल