पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नं २९ को पटनेरीमा रहेको मनकामना प्लाईवोड ईन्डष्ट्रजमा सनिवार राती आगो लागि भएको छ ।
रातीको समयमा कम्पनीको पत्ता सुकाउने डायर मेशिनमा विद्युत सट भई निस्कीएको आगोबाट कम्पनीमा करिव ५० लाख वरावर क्षेती पुगेको कम्पनीका प्रबन्धक नारायण बहादुर भण्डारीले जानकारी दिएका छन् ।
आगो लागेको विहान मात्र थाहा भएपछि स्थानीय,सुरक्षा निकाय र बारुण यन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिईएको थियो ।
यसैगरी पोखरा लेखनाथ महानगरपालिका वडा नं २६ टाईगरटप निवासी सोमनाथ अधिकारीको टौवामा आईतवार दिउसो आगो लागि भएको छ ।
आईतवार दिउसो तीन बजेको समयमा टैवामा एक्कासी आगो लागेको देखे पछि स्थानिय र सुरक्षा निकायको सहयोगमा एक घण्टा लगाएर आगोलाई नियन्त्रणमा लिईएको स्थानीय विष्णु अधिकारीले जानकारी दिएका छन् ।
आगोलागीबाट टैवामा रहेको करिव ५० भारी पराल नष्ट भएको छ भने नजिकै रहेको घरमा भने कुनै क्षेती पुगेको छैन तर आकस्मीत रुपमा आगो के कसरी लागेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।