कास्कीका नौ वटै क्षेत्र जित्ने बाम गठबन्धनका उम्मेदवारको दावी


पोखरा – कास्कीका नौ वटै क्षेत्र जित्ने दावी बाम गठबन्धनका उम्मेदवारले गरेका छन् । मौन अवधि सुरु हुर्नुभन्दा एक दिन अगाडी आइतबार साँझ पोखरामा पत्रकार सम्मेलनको आयोजना गदै कास्कीका तिन प्रतिनिधि सभा र छ वटै प्रदेश सभामा गठबन्धनका उम्मेदवार विजयी हुने बताएका हुन् ।


नौ वटै उम्मेदवारले जनताको घरदैलोमा जादा राजनीतिक स्थायित्व, विकास र समृद्धिको लागी जनताले मत दिने बाचा गरेको बताए । जनता बाम गठबन्धनको पक्षमा छन बाम गठबन्धन प्रतिनिधि सभा क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार पूर्वमन्त्री खगराज अधिकारीले भने –‘कास्कीका नौका नौ जित्ने कुरामा शंका छैन्, जित सुनिश्चित छ ।’ उनले निवाचनमा भोट हाल्न आउने जनतालाई रोक्ने कोशिस हुन सक्छ, मतको रक्षाका लागी अव सजग हुुनुपर्छ भने । क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीले –‘बाम गठबन्धनलाई यस पटक मौका दिने पक्का छ तर त्यसपछि हामीले कसरी काम गछौ, त्यो परिक्षाको विषय बन्ने छ ।’ अधिकारीले जित निश्चित भएको बताउदै ‘अव परिक्षा सुरु भएको र परिक्षामा पास मात्रै नभएर होलफस हुनुपर्छ ।’

क्षेत्र नम्वर २ प्रदेश (१) का उम्मेदवार कृष्ण थापाले जित सहज भएको बताए । उनले नौमा नौ सिटै जित्छौ, त्यो पनि सहज जित र कास्की लालकिल्ला बान्छ भने । उनले काँग्रेस र राप्रपाका राष्ट्रभक्तले पनि सहयोग गरेका छन, त्यसैले नौ सिटनै बाम गठबन्धनले जित्छ । प्रदेश सभा क्षेत्र नम्वर १(१)का उम्मेदवार दिपक कोइरालाले नौ सिटै जित्नेमा कुनै शंका नरहेको बताए । उनले सुरुमा सभाषद, मन्त्री हुने ब्यक्ति हेविवयट भन्थे तर निवाचनको अन्तिम सम्म आउदा हेवि वयट परिवर्तन भएको बताए । ‘हेवि वेयट चेन्ज भयो, विजय सुनिश्चित छ तर कतिले जित्ने भन्ने मात्रै हो ।’