धार्मिक पर्यटनसंग जोडेर कास्कीकोटको विकाशमा सघाउँछौँ : जगत बिश्वकर्मा


पोखरा – बाम गठबन्धन क्षेत्र नं ३ का साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियान अन्र्तगत आज कास्कीको अन्नपूर्ण गाउपालिका १ ढिकरपोखरीको धारापानीमा कोण सभाको सम्पन्न गरी पोखरा लेखनाथ २४ कास्कीकोटका बिभिन्न बस्तीमा घरदैलो गरेका छन् ।घरदैलोका क्रममा कास्कीकोटका पहरेपानी, मान्द्रेढुंगा, मौला, र देउरालीमा कोणसभा समेत गरिएको थियो ।

ती स्थानहरुमा आयोजना गरिएको कोणसभामा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार जगत विश्वकर्माले जनताका सबै हक अधिकारलाई सुरक्षित गर्नका लागि देशमा बहुमतसहितको सरकार खाँचो रहेको बताउदै यसपटक बामगठबन्धनलाई बिजयी गराउनुपर्नेमा जोड दिनुभयो । बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने उनको भनाई थियो । विकाशको दृष्टिकोणले कास्कीकोट सम्भावना नै सम्भावना भएको ठाउँ भएकाले यसलाई धार्मिक पर्यटनसंग जोडेर विकाश गर्ने विकले बताए ।

त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले कास्कीकोटको ऐतिहासिक महत्व बुझेर यहाँका धार्मिक स्थलहरुको संरक्षण र संम्बद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुङ सुवेदी, पुष्पा केसी भण्डारी, दुर्गा विक, लगायतले अगामी २१ गते हुनलागेको निर्रवाचनमा बामगठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई कास्की जिल्लाको समग्र बिकाशका लागि पनि बिजय गराउन आग्रह गरे । सो अवसरमा नेताहरु पुण्य पौडेल, गोमा ढकाल, संजीव बहादुर कोईराला लगनयतले बोलेका थिए ।

कार्यक्रममा गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली, अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गौतम , क्षेत्र नं ३ का सामाजिक सञ्जाल परिचालन संयोजक जर्नादन सुबेदी लगायतको पनि सहभागिता थियो । त्यसै अवसरमा कलाकारहरु प्रजापती पराजुली, तारपती सुवेदी लगायतका कलाकारहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरे । यस्तै भोली कास्कीको पदेलीमा पूर्वान्ह ११ बजे कोण सभा आयोजना गरिएको अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गोतमले जानकारी दिए ।

थापालाई आर्शिवाद दिदैं ९६ वर्षीय बृद्धाले भने ‘ढुक्क हुनुस् भोट तपाइलाई नै हो’

पोखरा ७ निवासी खुसीराम रेग्मी ९६ बर्ष पुगे । देशमा भएका राजनीतिक परिवर्तनसँग उनि साक्षात्कार छन् । मतदाताको नाताले उनले धेरैलाई भोट दिएर जिताए पनि । देशमा हुने विभिन्न चुनावको समयमा उनको घरमा भोट माग्न पुग्छन्, उम्मेदवारहरु ।

आसन्न प्रतिनिधी एवं प्रदेश सभाको निर्वाचनका लागी पनि भोट माग्न नेताहरु पुग्ने गरेको छन् । सोमबार कास्की क्षेत्र नं २ प्रदेश १ का उम्मेदवार कृष्ण थापा भोट माग्न रेग्मीको घर पुगे । थापाले आफ्नो पक्षमा मदतान गर्न आग्रह गरे । आर्शिवाद लिए । आर्शिवाद दिँदै रेग्मी भने ‘हामी बृद्धबृद्धालाई संरक्षण गर्ने दल एमाले हो । बृद्धभत्ता देखि स्वास्थ्योपचारका बिषयमा हरेक पटक आवाज उठाउने र कार्यान्वयनमा जोडतोडका साथ लाग्ने नै यहि सूर्य चिन्ह हो ।’ उनले थपे ‘ढुक्क हुनुस् बाबु भोट तपाइलाई नै हो ।’

रेग्मी मात्रै होइन वडाकै ८२ वर्षीय रामबहादुर थापाले पनि उम्मेदवार थापालाई सहयोग गर्ने प्रतिबद्धता जनाए । बृद्धबृद्धा बाहेक घरदैलोका क्रममा भेटिएका अधिकांश युवायुवती एवं स्थानीयहरुले थापालाई जिताउन जस्तोसुकै सहयोगको लागी तयार रहेको प्रतिक्रिया दिएका थिए । स्थानीयबाट प्राप्त विश्वास र साथले चुनावको नतिजा आफ्नो पक्षमा हुनेमा ढुक्क रहेको थापाले बताए ।

‘स्थानीयको यो साथ र उत्साह देख्दा नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क छु ’ उनले भने । निर्वाचन अघि मतदातामाझ गरिएका वाचा नतिजा आफ्नो पक्षमा आएपछि कार्यान्वयन गर्नेमा कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो ।सोमबार पोखरा ७का मुस्ताङ चोक, एअरपोर्ट, राष्ट्रबैंक चोक, प्रगतीनगर टोल, राधाकृष्ण टोल , तीनकुने टोल , घारीपाटन लगायत वडाका सबै स्थानमा घरदैलो सकिएको थापाका सहयोगी रामराज पौडेलले बताए ।

अबको लडाइँ गरिबी हटाउन – रबिन्द्र अधिकारी

बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका चर्चित युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले राजनीतिक लडाई सकिएकोले अबको आफुहरुको लडाइँ गरिबी हटाउन केन्द्रीत हुने बताएका छन। सिर्फ बहुमतका लागि मात्रै आफुहरु बाम गठबन्धन बनाउन नलागेको भन्दै काङ्ग्रेसलाइ आफुहरुको बाम गठबन्धनबाट नअतालिन आग्रह गरेका छन्।


कास्किको पोखरा लेखनाथ महानगर वडा न ११ फूलबारीमा मा आयोजित चुनाबी कोण सभालाइ सम्बोधन गर्दै अधिकारिले देशमा अब बहुमतको सरकार बन्ने त्यहि सरकारबाट जना जिबिकाको कायापलट गर्ने दिशामा अघि बढ्ने भन्दै समृद्धिका खातिर आफुहरु एक भएर चुनाबी अभियानमा मात्रै एक नभै एउटै पार्टी बनाउन लागि परेको बताए । उनले उक्त वडामा भएका सबै स्रोत साधनको उच्चतम प्रयोग हुने गरि बिकाशको योजना समेत सुनाएका थिए ।

सो कार्यक्रममा बाम गठबन्धन कास्की क्षेत्र न २(२) बाट प्रदेश सभाका उम्मेदवार राज काजी गुरुङले अब देशको राजनीति स्थायित्व तर्फ बढिसकेको भन्दै कुनै प्रलोभनमा नपरी आफ्नो मतको सहि सदुपयोग गर्न सो वडाका मतदाता हरुलाई आग्रह गरे ।सोमबार उनले आफ्नो निर्बाचन क्षेत्र मा नयाँ गाभिएको सो वडाका विभिन्न टोलमा सयौं जनताको साथमा भेटघाट गर्दै आशीर्वाद लियका छन ।