सातैबटा ताललाई जोडेर लेखनाथमा लेकसाइड बनाईन्छः अधिकारी


पोखरा – बरिष्ठ लोक गायीका हरिदेबी कोइरालाले लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जितको शुभकामना दिएकी छन् । बरिष्ठ गायीका कोइरालाले चुनावी घरदैलोका क्रममा पुगेका बाम गठबन्धनका कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारी, कास्की २ को प्रदेश क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’सहित समानुपातिक उम्मेद्वारहरुलाई जितको शुभकामना दिएकी हुन् ।
घरदैलोका क्रममा पुगेका उम्मेद्वारहरुलाई माला, खादा र अवीर लगाईदिदै बरिष्ठ गायीका कोइरालाले आफ्नो परिवारको भोट बाम गठबन्धनलाई दिने बचन दिईन् । बर्षौं पहिलेदेखी कम्युनिष्टहरु मिलेको देख्न पाए हुन्थ्यो भन्ने लागेको र अहिले त्यो पूरा भएकाले अब कम्युनिष्टको एकमना सरकार बनेको हेर्ने चाहना पनि चाँडै पूरा हुने विश्वास व्यक्त गरिन् । कम्युनिष्टले मात्र जनताको भलो गर्ने भन्दै उनले आम जनतालाई पनि बाम गठबन्धनको पक्षमा उभिन अपिल गरेकी छिन् ।
यसैबीच, बाम गठबन्धनका उम्मेद्वारहरु रबिन्द्र र करणसहितले आइतबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ स्थित गैह्रपाटन, सिद्धार्थचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल क्षेत्रमा घरदैलो गरे । उनीहरुले पटक÷पटक कांग्रेसले बहुमतको सरकार चलाउँदा गरिबी, बेथिती र महङ्गी मात्र बढाएका एकपटक तर अन्तिमचोटी विकास र समृद्धीका लागि कम्युनिष्टलाई विश्वास गरेर बिजयी गराई दिन आग्रह गरेका थिए ।

पोखरा १९ मा घरदैलो सम्पन्न, कृषि कजेललाई सम्पन्न वनाउन पहल गर्छु ः जीवन

बाम गठवन्धनका प्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं ३(१)का उम्मेदवार रामजीप्रसाद बरालले आईतवार पोखरा लेखनाथ महानगरपालिका वडा नं १९ साविक पुरुन्चौरमा घरदैलो तथा कोणसभा गरेका छन् । मंसिर २१ गतेको निर्वाचनको मिति नजिकिएसगै घरदैलो तथा कोणसभाहरुमा जनताको वाक्लो उपस्थितिले गर्दा चुनावी रौनक ह्वात्तै वढेको छ । उम्मेदवार सहितको प्रचार टोली घरदैलोमा निस्कदा जनताहरु पनि स्वतस्फूर्त रुपमा  सहभागि वन्दा चुनावी पारो वढेको छ  । पुरुन्चौरको रैकरवाट प्रचारप्रसार तथा भोट माग्न सुरु गरेका जीवनले अधिकारीथर, पौडेलधर, प्यानटोल, चुरुङ्गा, चितेपानीमा जनतासँग वाम उम्मेदवारहरुलाई  भोट मागे । त्यस्तै उपल्लो काउरे, तल्लो काउरे, तल्लाकोट, ठाँटी, डाँडागाउँ, उपल्लो चुरुङ्गा तथा तल्लो  चुरुङ्गामा समेत घरदैलो तथा कोणसभा भयो । बरालले निर्वाचन पछि वन्ने वामपन्थीको सरकारले जनताका आवश्यकताहरु पुरा गर्दै देशलाई समृद्धिको दिशामा लैजाने धारणा राखे । ग्रामिण शहरको रुपमा रहेको पुरुन्चौरमा विकासका पूर्वाधारहरुको निर्माण तथा त्यस क्षेत्रकै नमूना कृषि कलेजलाई स्रोत साधन सम्पन्न वनाउन आफुले पहल गर्ने भनाई जीवनको छ। नेकपा एमाले जिल्ला कमिटि कास्कीका सदस्य तथा पोखरा १९ का ईन्चार्ज इमानराज पौडेलले वाम गठवन्धन राष्ट्रविरोधी र अग्रगमनका विरोधीहरु  विरुद्ध गरिएको गठवन्धन भएकाले साझा उम्मेदवारहरुलाई विजयी गराउनुको विकल्प नभएको भनाई उनको थियो ।  कार्यक्रममा  युवा संघ नेपालका केन्द्रीय सचिव माधव वास्तोला, निर्वाचन परिचालन कमिटिका संयोजक दीपक पौडेल, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य मोहन दवाडी, एमाले पोखरा १९ का सहसंयोजक विष्णु गौतम तथा एमाले क्षेत्रीय सदस्य उमनाथ गौतम लगायतले वाम गठवन्धनको विजय सुनिश्चित भईसकेको धारणा राखेका थिए ।

बाम गठबन्धन क्षेत्र नं ३ को घरदैलो अभियान अन्नपूर्णमा, अन्य पार्टीमा क्रियाशिल रहेका करिब ५० जना बाम गठबन्धनमा प्रवेश

 बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । आज बिहान देखि शुरु भएको कास्कीको अन्नपुर्ण गाउपाकिा १अन्र्तगत अधिकारीडाँडा, नौडाँडा,लेवाडे, फल्लापानी, भिरमूनि लगायतका ठाउँमा कोण सम्पन भएको छ । बामगठबन्धन वडाका संंयोजक लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कोण सभामाप्रदेश नं ४ का सह संयोजक गणेश तिमिल्सिनाले अगामी २१ गते हुन लागेको निर्वाचनमा बामगठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराई नेपालमा ६÷६ महिनामा सरकार परिर्वत हुने प्रबृत्तिबाट छुटकारा पाउनका लागि पनि आफनो मत बामगठबन्धनलाई दिन आग्रह गरे । जसअन्र्तगत कास्की क्षेत्र नं ३ प्रतिनिधि सभाका जगत विश्वकर्मा र प्रदेशसभा ख अन्र्तगत प्रदेश सभाका उम्मेदवार राजिव पहारी आईतबार अन्नपूर्ण गाउँपालिकाको अधिकारीडाँडा, नौडाडा, लेवाडे, भीरमुनी लगायतका ठाउँहरुमा घरदैलोमा पुगेर स्थानीयहरुसंग मत मागेका छन् । ती स्थानहरुमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार जगत विश्वकर्माले बाम गठबन्धनले स्थायी सरकार, शान्ति, सुव्यवस्थाको ग्यारेण्टी गर्ने बताए । त्यस्तै क्षेत्र नं ३ प्रदेशसभा २ का उम्मेदवार राजीव पहारीले पूरानो परम्पराबादी सोँच त्यागेर नयाँ यूगमा प्रवेश गर्नका निमित्त बाम गठबन्धन आवस्यक भएको र यसलाई सम्पूर्ण जनताहरुले अनुमोदन गरी विजयी बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा अन्य पार्टीमा क्रियाशिल रहेका करिब ५० जना बाम गठबन्धनमा प्रवेश गरेका थिए । कार्यक्रममा समानुपातिक उम्मेदवार सिता गिरी ओली, दुर्गा विक लगायतले पनि बोलेका थिए । क्षेत्र नं ३ बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक लक्ष्मी अधिकारी,समानुपातिक उम्मेदवारहरु मित्रकुमारी गुरुङ (सुवेदी) पुष्पा केसी भण्डारी, नेताहरु पुण्य पौडेल, गोविन्द अधिकारी, भीमलाल भुँगाई, दिनेश नेपाली, अनेरास्बियू कास्कीका अध्यक्ष शेखर गौतम पृथ्बीनारायण क्याम्पस प्रा.क.का अध्यक्ष बिबेक देबकोटा, षेत्र नं ३ का सामाजिक सञ्जाल परिचालन संयोजक जर्नादन सुबेदी लगायतको पनि सहभागिता थियो ।

सातैबटा ताललाई जोडेर लेखनाथमा लेकसाइडक बनाईन्छःअधिकारी

बाम गठबन्धन कास्की क्षेत्र नं १ प्रतिनिधी सभाका साझा उमेदवार खगराज अधिकारीले साविक लेखनाथमा रहेका सातैबटा ताललाई जोड्ने लिङ्करोड निर्माण गरि लेखनाथमा लेकसाईड बनाउने योजना आफुहरुसंग भएको बताएका छन् ।चुनाव प्रचार प्रसारको क्रममा आफनो जन्मगाउ बेगनासको विभिन्न ठाउमा गरिएको घर दैलो पछि राखिएको कोणसभामा बोल्दै पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले प्रदेश नं ४ को राजधानी पोखराको लेखनाथमा बनाउने देखि लेखनाथमा रहेका सातै वटा ताललाई जोडेर पोखराको लेकसाइडको अबस्थामा ल्याउन सकिने परिकल्पना आफुहरुको रहेको दावा गरेका हुन् ।घरदैलोकै क्रममा मोहोरीयाचोकमा राखिएको कोण सभामा बोल्दै नेता अधिकारीले युवा अवस्थामा हुदाँ रोजगार र बृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको ब्यवास्था बाम गठबन्धनको सरकारले मात्र पुरा गर्नेमा विश्वास दिलाउदै देशको आर्थीक तथा सामाजिक विकासका लागि स्थायी सरकार चाहिन्छ त्यो सम्भावना आफुहरुसँग रहेकाले तपाईहरु ढुक्क भएर भोट दिनोस हामीहरु विकास दिनेछैं उनको भनाई रहेको थियो ।  सोही अवसरमा कास्की क्षेत्रनं १ प्रदेश सभा १ का साझा उम्मेदवार दिपक कोइराला (रुपक)ले अबको पाँच बर्ष भित्र कास्की क्षेत्रनं १ मा कोही सुकुम्बासी नहुने बताउदै कसैले पनि म सुकुम्बासी हुं भन्नु पर्ने अबस्था सृजना नहुनेमा ठोकुवा गरेका थिए ।अब सुकुम्बासीहरुको आफनै नामको लालपुर्जामा घर हुने बताउदै नेता कोईरालाले सुकुम्मबासीलाई लालपुर्जा वितरणमा बाधक काग्रेस भएको भन्दै प्रदेशको सरकार बामपन्थीको बने पछि सुकुमबासीको जिवनमा नयाँ बहार आउने बताएका हुन् ।घरदैलोकै क्रममा नेता तथा कार्यकर्ताहरुको ठुलो समुह आईतवार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१को मोहोरिया,किमविसी,बेगनासताल,सुन्दरीडाडाँ,खोलाबेसी र तालबेसीका क्षेत्रमा पुगी आफना चुनावी एजेण्डा र यस क्षेत्रमा आवस्यक पर्ने विकास निर्माणका बारमा जानकारी लिएका थिए ।कार्यक्रममा कास्की क्षेत्र नं १ का चुनाव प्रचार प्रसार संयोजक श्रीनाथ बराल,माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार कोमलनाथ बराल,पोलिट ब्यूरो सदस्य लालमोहन तिवारी,केन्द्रिय सदस्य विष्णु पौडेल,एमालेका नेता विजयवावु बनवासी,टिकाराम पंगेनी लगाएत स्थानीय नेता प्रकाश भुजेल,गणेशवहादुर थापा लगाएतले आ आफनो धारणा राखेका थिए ।