म जनताको सुख दुखमा साथै छु : राम्जी बराल


पोखरा – प्र्रदेससभा सदस्य निर्वाचन क्षेत्र नं ३ (१) का उम्मेदवार रामजीप्रसाद बराल(जीवन)ले शुक्रवार माछापुच्छ्रे गाउँपालिको केन्द्र लाहाचोकमा चुनावी प्रचारप्रसार तथा घरदैलो गरेका छन् ।

लाहाचोकको सानो पाटन, ठूलो पाटन, भिरकटेरा, जैचौर, साउथर, परियारटोल तथा पौडेलथर लगायतका ठाउँहरुमा पुगेर जीवनले आसन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा वाम गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

स्थानीयहरुको वाक्लो उपस्थितिका साथ घरदैलोपछिको कोणसभामा वोल्दै उम्मेदवार बरालले आफु जस्तो सुकै कठिन अवस्थामा पनि जनताकै घरआगँनमा रहने दृढता व्यक्त गरे । “ म राजनीतिमा जोडिएदेखीनै जनताकै घर आगनमा छु । भुमिगत काल होस् वा खुल्ला राजनीतिक व्यवस्था जहिले पनि म जनताको सुख दुखमा साथै छु र रहन्छु पनि।” देशलाई राजनीतिक स्थिरिता दिएर तिर्व विकासको लागि नै वाम गठवन्धनले जित्नु पर्ने भनाई राखे ।

निर्वाचन परिचालन कमिटिका संयोजक दीपक पौडेलले सूर्य र हसिया हथौडा दुई फरक चिन्ह भएपनि चुनाव लगत्तै पार्टी एकता हुने भएकोले एउटै चिन्ह मानेर मतदान गर्न आग्रह गरे ।

माओवादी केन्द्रका सचिवालय सदस्य मोहन दवाडी(हिमाल)ले उम्मेदवार जीवनको परिचय राख्दै वराल त्यागि र पार्टी र जनताप्रति सँधै वफादार रहेको भनाई राखे ।