पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभाको निवाचनसंगै संविधानको कार्यान्वयनसंगै देशमा राजनीतिक स्थायित्व कायम हुने बताउनु भएको छ । संयुक्त बाम गठबन्धन निवाचन परिचालन कमिटिले ले शनिबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै अध्यक्ष ओलीले दशे स्थिरता र स्थायित्वमा जाने बताउनु भयो ।
केन्द्र र प्रदेश सरकार गठनपछि संविधान पुर्ण कार्यान्वयनमा हुन्छ र देशले राजनीतिक स्थायित्व पाउने भएकाले यो निवाचन विगतका भन्दा फरक छ उहाँले भन्नुभयो –‘यो निवाचन सामान्य हैन, एउटा संरचनाको अन्त्य भएर अर्को तयार हुन्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले एमाले र माओबादी केन्द्रको गठबन्धनको सरकार बन्ने र नौ नौ महिनामा सरकार फर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसका अन्तिम प्रधानमन्त्री भएको दावी गर्नुभयो । ‘पुसपछि अव कहिल्यै काँग्रेसको सरकार बन्दैन् देउवा नै काँग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । ’ उहाँले ब्यङग्य गदै भन्नुभयो –‘म दक्षिण खोज्दै सात पटक प्रधानमन्त्री हुन्छ भन्ने ज्योतिश हैन, राजनीतिक परिदृश्यले भन्छ अव जनताले काँग्रेसका कसैलाई प्रधानमन्त्री बनाउदैन् ।’
ओलीले अघि थप्नुभयो, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो । अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’ ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ’
कार्यक्रममा माओबादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा (बादल)ले नेपालमा कम्यूनिष्टहरुको दुई तिहाई मत रहेको बताउदै मंसिरपछि दुई तिहाई मतबाट कम्यूनिष्ट सरकार बन्ने बताउनुभयो । ‘दुई तिहाई कम्युनिष्टको मत हुदाँ पनि गैह बामपन्थिको वचश्व भयो, त्यही कुरा बुझेर देशमा एउटै कम्यूनिष्ट पार्टीमा एकताबद्ध हुने संकल्प गरेका छौ ।’
एमाले र माओबादी केन्द्र मिल्दा ठूलै धक्का दिएको छ उहाँले भन्नुभयो एमाले र माओबादीको गठबन्धनले जनतामा खुशीको लहर ल्याएपनि प्रतिगामी त्रसित भएर मानसिक सन्तुलन गुमाउन थालेका बताउनुभयो । नेकपा माओबादी केन्द्रका नेता बखानसिंह तमुको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र एमाले कास्कीका कार्यबाहक अध्यक्ष दामोदर बैरागीले बाम गठबन्धलाई विजयी बनाएर राजनीतिक स्थायित्व र विकासका लागी सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कलाकारहरुले जित र नृत्य मार्फत भोट माग्दै मनोरञ्जन प्रदान गरेका थिए ।