काठमाडौं – गत सोमवार निर्वाचन भएको २ नम्बर प्रदेशको १ सय ३६ स्थानीय तह मध्ये ५६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
हालसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ स्थानमा जीत हासिल गरेको छ ।
दोस्रो स्थानमा माओवादी केन्द्रले ११ स्थानमा जित हासिल गरेको छ । राजपा नेपालले अहिलेसम्म ९ स्थानीय तह जितेको छ भने संघीय समाजवादी फोरम नेपालले ८ स्थानमा जीत हासिल गरेको छ ।
दुई चरणको स्थानीय तहमा पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म ६ वटा स्थानीय तह मात्र जित्न सकेको छ ।
नेपाल लोकतान्त्रिक फोरमले भने दुई स्थानमा मात्रै जीत हासिल गरेको छ भने नेपाल जनता दलले एक स्थानीय तह जितेको छ ।