ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


काठमाडौं – आज बुधबार प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकतामा राखेका छन् । खाडी राष्ट्रमा संगठित मानव तस्करी भइरहेको विषयलाई आज सबै पत्रिकाले लेखेका छन् । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारले खाडी मुलुकमा संगठित रुपमा मानव तस्करी भइरहेको ठहर गरेको छ ।

१७ औं दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवनरक्षाका लागि मुलुकभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक बुधबारदेखि आन्दोलनमा उत्रन लागेको खबरलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् । राजपा यथास्थितिमा निर्वाचनमा नजानेदेखि देउवाको दुई महिने कार्यकालको समीक्षासम्मका खबर आजका पत्रपत्रिकामा पढ्न पाइन्छ ।