फ्रयाङफर्ट / गैर आबासीय नेपाली संघको दशौ युरोपेली बैठक सुरु भएको छ। ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आबश्यकता” भन्ने नाराका साथ दुई दिने बैठक जर्मनीको फ्रयाङफर्टमा सुरु भएको हो। दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलनको प्रमुख अतिथिको रुपमा जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उद्घाटन गरे।समारोहमा गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछाने लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको छ। युरोप संयोजक कुल आचार्यको अध्यक्षतामा भईरहेको कार्यक्रममा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोस्याराले स्वागत गरेका छन्।बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने भएको छ। कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य बैठकले राखेको छ।
युरोपेली बैठकमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका अध्यक्षहरु तथा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ।