काठमाडौं – भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी, एक एआईजी र एक डीआईजी जेल चलान भएको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । चारै जनालाई डिल्लीबजार कारागारको एउटै कोठामा राखिएको पत्रपत्रिकाहरुले लेखेका छन् । भ्रष्टाचारी ठहर भएकामध्ये प्रहरीका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी भने फरार छन् । त्यस्तै पूर्व एआईजी र एसएसपी पनि फरार छन् ।
नजिकिँदो निर्वाचनको विषय पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले स्थानीय तह दोस्रो चरण निर्वाचनको विविध पक्षबारे आज पनि केलाएका छन् ।