चीनको कुन्मिन सहरमा हुने मेलामा जाने पोखराको प्रतिनिधिमण्डलको बिदाई


पोखरा – पोखरेली उद्योगी÷व्यवसायीहरुको एक प्रतिनिधीमण्डलले चीनको कुन्मिन सहरमा आयोजना हुने दक्षिण तथा दक्षिणी एसिया बस्तु प्रर्दशनी तथा लगानी मेला –२०१७ (SSACEIF)मा सहभागिता जनाउने भएको छ । चाइना काउन्सिल अफ प्रमोसन अफ इन्टरन्यासनल टे«डको आयोजनामा हुने मेला कुन्मिनको कुन्मिन डायन्ची हलमा चालु अङ्ग्रेजी वर्ष २०१७ को १२ जुन अर्थात जेठ २९ गतेबाट सुरु भई एक सातासम्म चल्नेछ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्व रहने टोली ४७ सदस्यीय हुनेछ । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार चीन सरकारको विशेष सदासयतामा हुने यो प्रदर्शनीमा पोखराको तर्फबाट सहभागिता जनाउने उद्योगी÷व्यवसायी मित्रहरुले ६ वटा स्टल नै राखेर ह्याडीक्राफ्ट व्यवसायको प्रवद्र्धन गर्नेछन् । मेलामा सहभागि हुने प्रतिनिधिमण्डललाई संघका पूर्व अध्यक्ष संजिवबहादुर कोइरालासहित संघका अध्यक्ष र पदाधिकारीहरुले बिदाई गर्नुभएको संघका महासचिव दामु अधिकारीले जनाउनुभयो ।

टेक्टाइल र कपडाहरु, खानीजन्य पदार्थ, मेडिकल उपकरण र औषधीहरु, गहना, निर्माण सामाग्री, सजावटका सामानहरु, सूचना प्रविधी, ह्यान्डीक्राफ्ट र पर्यटन प्रवद्र्धनका सामाग्रीहरु उत्पादक तथा बिक्रेताहरुको कुम्भ मेलाको रुपमा रहेको यो प्रदर्शनीमा हुने सहभागिताले पोखराको पर्यटन प्रवद्र्धन तथा उद्यमशीलतामा नयाँ आयाम थप्ने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा वैदेशिक सम्बन्ध विभागका संयोजक प्रकाशदेव पालिखेका अनुसार चीनमा आयोजना हुने यो प्रदर्शनी दक्षिण एसियाकै ठूलो प्रदर्शनीमध्ये एक हो । चीनले वर्षेनी आयोजना गर्दै आएको चीन–दक्षिण एसिया मेलाकै पुरकको रुपमा यो प्रदर्शनीलाई लिइएको छ । मेलामा चीनले अगाडि सारेको वन बेल्ट वन रोड (ओबिओपी) को बारे बढी चर्चा गरिने छ । नेपालले समेत चीनले अगाडि सारेको रेशमी मार्गको परियोजनामा हस्ताक्षर गरी सकेको सन्दर्भमा भ्रमण ओबिओपीबाट नेपालले बढीभन्दा बढी लाभ कसरी लिन सक्छ भन्ने उदेश्यले निर्देशित रहने अध्यक्ष पाखिलेले जानकारी दिनुभयो ।

नयाँ विकासको लागि नयाँ अवसरको रुपमा व्याख्या गरिएको यो प्रदर्शनीमा सहभागि हुने क्रममा अध्यक्ष पालिखेले नेपालको लगानी नीति तथा लगानीका अवसरबारे छलफल समेत हुने जानकारी दिनुभयो । चीनको सहयोगबाट हामीले उज्यालो र सुरक्षित सहर पोखरा अभियानमा सहयोग पुगेको स्मरण गर्दै अध्यक्ष पालिखेले आगामी असोजदेखि पोखरा विमानस्थलको निर्माण युद्धस्तरमा गर्ने गरी तयारी भई रहेको जानकारी समेत दिनुभयो । पोखरालाई गार्डेन सिटीको रुपमा विकास गर्नको लागि चिनिया पक्ष सकारात्मक भएको जानकारी दिँदै उहाँले निकट भविष्यमा यो परियोजना सुरु हुन सक्ने सम्भावना पनि व्यक्त गर्नुभयो ।