ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले लेखा समितिमा प्रधाानमन्त्री प्रचण्डले दिएको जवाफलाई आफ्नो मुख्य पृष्ठमा लेखेका छन् । मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार भएकोदेखि मधेसी मोर्चासँग सरकार निर्णायक वार्ताको तयारीमा रहेको खबरसम्म आजका पत्रपत्रिकाले प्राथमिकताका साथ लेखेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले यस वर्ष मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल हुने विषयलाई मुख्य खबर बनाएको छ । अनुदानको चुलो बेचेर नेशनल ट्रेडिङ लिमिटेडले आम्दानी १२ हजार गरेको तर गोदामको भाडा र भन्सार पाँच करोड तिरेको खबर पनि नयाँ पत्रिका दैनिकले उत्तिकै प्राथमिकताका साथ छापेको छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्रीले एनसेलको लाभकर उठाउन सरकार प्रतिबद्ध रहेको भनेर लेखासमितिमा दिएको जवाफलाई महत्त्वका साथ छापेको छ । टोखादेखि थानसिंह फाँटसम्म सुरुङमार्ग बनाउने तयारी भइरहेको खबर पनि गोरखापत्रको पहिलो पृष्ठमा अटाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले वरियता विवाद थप चुलिएको भन्दै निधी क्याबिनेट बैठकमै नजाने समाचार लेखेको छ ।
राजधानी दैनिकले मतदातालाई उम्मेदवार अस्वीकारको अधिकार भएको खबर लेखेको छ ।
नागरिक दैनिकले ‘कांग्रेस चुनावी अभियान कैलालीबाट, मधेसलाई नचिढाऔंं’ शीर्षक दिएर मुख्य खबर छापेको छ । अभिभावकलाई पुस्तक सास्तीको अर्को खबर पनि नागरिकमा छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारीमा रहेको खबर लेखेको छ ।
6
15
4
3
2