पोखरा – नेकपा एमाले कास्कीले पोखरामा २५ हजार जनता सकडमा उत्तार्ने तयारी गरेको छ । चैत १८ गते पोखराको चिप्लेढुङगामा आयोजना गर्न लागेको सभामा कास्कीबाट २५ हजारको हाराहारीमा जनता सडकमा उत्ताने गरि तयारी गरिएको एमाले कास्कीले दावी गरेको छ । बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोना गरि आमसभाको तयारी बारे जानकारी दिएको हो ।
सभाका लागी पोखरा लेखनाथ महानगरपालिका र कास्कीका चार ओटै गाँउपालिकाका पत्येक वडामा भेला, बैठक र छलफल सम्पन्न भैसकेको एमाले कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए । ‘आमसभामा जनतालाई सकडमा उतार्न कास्की र महानगरका सवै वडामा बैठक र भेलाहरु सम्पन्न गरिसकेका छौ ।’ उहाँले सभा निवाचनलाई केन्द्रीत गरेर नभई संविधानका विषयवस्तु र यस कार्यान्वयनका पक्षमा जनतालाई अवगत गराउन लागिएको बताए ।‘यो सभा निवाचन केन्द्रीत नभएर संविधान कार्यान्वयन र त्यसका विशेषता बारे आम जनतालाई जानकारी गराउन गर्न लागिएको हो, निर्वाचन केन्द्रीत सभा अल्लिपछि आयोजना गर्ने छौ ।’
उनले आमसभामा जनतालाई जानकारी गराउन, घरदैलो, प्रचा वितरण सहित संचार माध्यममा विज्ञापन समेत गरिएको जानकारी दिए । उनले पत्रकार सम्मेलनमा भने हामी यति नै भन्ने संख्या तोक्ने भन्दा पनि २०÷द्दछ हजार जनतालाई सभामा सहभागी गराउने गरि तयारीमा जुटेका छौ । १८ गते पोखराको सृजनाचोक, रानीपौवा, बगर लगायतका ठाँउबाट र्याली आयोजना गरिने छ । सभामा एमालेले आफना सवै मोर्चा संगठन, सुभेच्छुक संगठनलाई ब्यानर सहित र्यालीमा सहभागी हुन अनुरोधन गरेको छ । सभालाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनको एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले संचालन गरेका थिए ।