पोखरा – पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका ईन्द्र पौडेल निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा नेविसंघका उमेदवार विजयी भएका छन् ।
त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका तीन, नेविसंघका तीन तथा अखिल क्रान्तिकारीका एक निर्वाचित भएका छन् ।
स्ववियु निर्वाचन अन्तर्गत बुधवार भएको मतदानमा कुल खसेको १३५६ मत मध्ये पौडेल ५८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेविसंघका सुजित कोईरालालाई १२९ मत अन्तरले पराजित गरेका हुन् । कोईरालाले ४५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सभापतिको लागि अखिल क्रान्तिकारीका उमेदवार साधुराम लामिछाने र क्रान्तिकारी विप्लवका सुनिल राई पनि पराजित भए ।
शुक्रवार विहान सम्पन्न मतगाणना अनुसार नेविसंघको तर्फका उमेदवार विजय झा निर्वाचित भए । निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका सम्राट पौडेललाई १७ मतले पराजित गर्दै झा सचिवमा निर्वाचित भएका हुन् । झा ले ४९३ मत प्राप्त गर्दा पौडेलले ४७६ मत प्राप्त गरे ।
त्यस्तै कोषाध्यक्षमा नेविसंघ प्यानलका कमला द्वारे ४९९ मतको साथ निर्वाचित भइन् । उनले अनेरास्ववियुका शितल शर्मालाई १४० मत अन्तरले हराएकी हुन् । शर्माले ३५९ मत प्राप्त गरिन् ।
यसैगरी सदस्यहरुमा अनेरास्ववियुका किरण तिवारी (५९३ ), श्रीधर डाँगी (४८०), अनिल मण्डल (४३४) मत सहित विजयी भए । नेविसंघ र नयाँ शक्ति प्यानलबाट स्वरुप सिंह (५११), आध्या भट्टराई (४९८) प्रथम खड्का (४७६) र अखिल क्रान्तिकारीका अर्जुन नेपाल (४६७ ) विजयी भए ।