कार्यक्रममा बोल्दै लामाले गैरआवासीय नेपाली संघलाई छाता संगठनको रुप अगाडि बढाउन आग्रह गरे । उनले एनआरएन अमेरिकाको सदस्यता विस्तारका लागि अग्रसर हुन अपिल गरे । कार्यक्रममा सहभागीहरुले गैरआवासीय नेपाली संघको अभियानका वारेमा बिभिन्न सुझाव तथा सल्लाहा दिएका थिए ।

१ दजर्न भन्दा बढि संघसँस्थाका प्रतिनिधीहरुको उपस्थितमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले नेपालको पुनःस्थापना, लगानी र संघको अभियानका बारेमा बिचार ब्यक्त गरे ।





