सबै कुरा फेरिने छ, म बाचा गर्छु। सबै परिवर्तन हुनेछ।लिंकन स्मारकको छेउमा भएको उक्त कार्यक्रमको अन्त्यमा एउटा संक्षिप्त सम्बोधन गर्दै उनले देशलाई एकताबद्ध गर्ने र अमेरिकालाई फेरि एक महान देश बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
“सबै कुरा फेरिने छ, म बाचा गर्छु। सबै परिवर्तन हुनेछ,” ट्रम्पले बताए।
उक्त सांगितिक समारोहपछि बिहीबारको रात अमेरिकी राजनीतिक परम्परा अनुसार डोनल्ड ट्रम्पले ह्वाइट हाउस नजीकै रहेको राष्ट्रपतीय अतिथि गृह, ब्लेयर हाउसमा विताएका छन्। स्थानीय समय अनुसार शुक्रबार मध्यान्हको समयमा, अमेरिकी संसद भवन, द क्यापटल, को प्राङ्गणमा उपस्थित गण्यमान्य व्यक्तिहरुमाझ डोनल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।




