पोखरामा सम्पन्न ३५ वर्ष माथिको एकलतर्फ भेट्रान्स टेनिसको उपाधी कमललाई


राजाराम पौडेल,पोखरा- पोखरा रंगशालामा सोमबार सम्पन्न १४ औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोतिगामा ३५ वर्ष माथिको एकलतपर्फ कमलले श्रीरामलाई पराजित गर्दै नगद ५० हजार सहितको उपाधी आफ्नों नाम गराए । पहिलो सेट ६–७ ले श्रीरामलाई सुम्पिएका भण्डारीले खेलमा फर्कदै दोश्रो सेट ६–३ र तेश्रो सेट सुपरटाईमा १०–७ ले आफ्नों पक्षमा पारे । यो सँगै कमल भण्डारीले श्रीराम मगरसंग गतवर्षको हारको बदला लिएका छन् ।गतवर्ष यस्तै नतिजामा श्रीरामले कमललाई हराएका थिए । दोश्रो स्थान हाँसिल गरेका श्रीरामले नगद २० हजार सहित ट्रफि पुरस्कारमा चित्त बुझाए ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्र्तगत सोमबारनै भएको ४५ वर्ष माथिको एकलमा कृष्णराज घलेले राजु श्रेष्ठलाई ६–४, ६–१ मा पराजित गर्दै नगद १५ हजार र ट्रफि पुरस्कार प्राप्त गरे । श्रेष्ठले नगद ७ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरे । त्यस्तै ५५ वर्ष माथिको एकल उपाधी मनोज राणाले जिते । उनले विदुर विष्टमाथि ६–४, ६–३ को नतिजा निकाले ।

प्रतियोगिताका विजेता खेलााडीहरुलाई कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहन बहादुर शाहीले एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गरे । अन्य विजयी खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, उपाध्यक्ष सुनिल गुरुङ्ग, क्षेत्रिय प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, अग्रज टेनिस खेलाडी समिर शेरचन, प्रतियोगिताको मुख्य प्रायोजक ट्रयाक्युलिटी स्पाका प्रतिनिधी दिपेन्द्र पहारी लगायतले पुरस्कार वितरण गरे । सोही समारोहमा सातौं राष्ट्रिय खेलकुद प्रतियोतिगामा टेनिसतर्फ स्वर्ण जितेका पश्चिमाञ्चलका खेलाडीहरु कुमार अधिकारी, अनिल शाहि, निरज थापा, प्रदिप खड्का र नविन मगरलाई नेप्लिज इन्काउण्टका प्रवन्ध निर्देशक नारायण पहारीले जनही पाँच पाँच हजार नगदले सम्मानित गरे ।