मुद्दा मामिलाको कार्यलाई लक्षित समयभित्र छिनोफानो गराउनका लागि सर्वोच्च अदालतले समय तालिका बनाउन र मुद्दाको छोटकरी टिपोट गर्न तल्ला अदालतहरुलाई मंगलबार निर्देशन दिएको छ ।
सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीस सुशीला कार्कीको चाहनाअनुसार तल्ला अदालतहरुमा मुद्दा मामिलाको कार्यलाई लक्षित समयमा छिनोफानो गर्न सर्वोच्च अदालतको प्रशासनले तल्ला अदालतहरुलाई लिखित निर्देशन दिएको हो ।
सो निर्देशन बमोजिम तल्ला अदालतहरुले लागू गरेमा अदालतका सेवाग्राहीहरुलाई आफ्नो मुद्दा छिनोफानो हुने समय आंकलन गर्न सजिलो हुने बताइएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।