पूर्वगृहमन्त्री घिमिरे सवार जिप ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको निष्कर्ष (छापाबाट)


पूर्वगृहमन्त्री माधव घिमिरे सवार जिप दुर्घटना छानबिन समितिले ट्रकलाई ओभरटेक गर्दा दुर्घटना भएको निष्कषर्सहितको प्रतिवेदन बुझाएको छ ।
पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह राना संयोजकत्को टोलीले दुई महिनापछि बिहिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई प्रतिवेदन बुझाएको छ ।

समितिले घटनाका प्रत्यक्षदर्शी, राजमार्ग (पोखरादेखि दुर्घटनास्थल) मा राखिएका सीसीटीभी, फुटेज, घाइतेको बयान, उद्वारकार्यमा संलग्न अधिकारी र स्थानीयको भनाइ तथा जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धानलाई आधार मानेर प्रतिवेदन तयार गरेको हो ।

असोज ९ मा चितवन दारेचोकस्थित घोप्टेभीरमा घिमिरे सवार बा ९ च १५३१ नम्बरको सेतो स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । जिपमा घिमिरेका भाई, आमा चैतन्यकुमारीसहित सातजना सवार थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।