महँगो उपचार मानिने कलेजो प्रत्यारोपण अब नेपालमै सुरु (छापाबाट)


लामो प्रतिक्षापछि अत्यन्तै जटिल र महँगो उपचार मानिने कलेजो प्रत्यारोपण नेपालमै सुरु भएको छ ।

कानुनी बाटो खुला भएको केही दिनमै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र अन्तराष्ट्रिय विशेषज्ञ चिकित्सकको सहयोगमा पहिलोपटक कलेजो प्रत्याोपण गर्न सफल भएको हो । यो नेपाली स्वास्थ्य क्षेत्रको ठूला फड्को हो ।

पाँच विदेशी चिकित्सकको टोली र नेपाली चिकित्सक टोलीले बुधबार करिब १० घन्टा लगाएर भक्तपुरका ३६ बर्षीय बलराम नागाजुको कलेजो प्रत्यारोपण गरेका हुन् ।

बलरामलाई उनकी दिदी ४१ बर्षीया सानुमायाँ लागेजुले कलेजो दान दिएकी थिइन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।