– इन्द्रकुमार श्रेष्ठ ‘सरित्’
तिमीले मेरो हात समात्यौभने तिमी मर्द हुन्छोै
तिम्रा साथीभाइमाझ तिमी बहादुर कहलिन्छौ्
तर त्यही काम मैले गरेंभने म उत्ताउली हुन्छु
मेरो त इज्जत नै जान्छ, म बदनाम नै हुन्छु ,।
पैसाले मन किन्न नसके पनि तिमी तन किन्न सक्छौ
किनेको तनलाई मर्द हैन राक्षस बनेर लुछ्न सक्छौ ।
घरमा आलो सुत्केरी श्रीमती र नवजात शिशु छाडेर
गल्लीगल्लीमा नगरबधुको न्यानो ओछ्यान किन्न सक्छौं ।
जति गल्ती गरे पनि तिमी त सधैंको मर्द र बहादुर
भात नपकाएको निहुँमै श्रीमतिलाई निर्धक्क कुट्न सक्छौ ।
स्वास्नीलाई तिमीले कहिल्यै मान्छे नठाने पनि फरक पर्दैन
किनकि स्वास्नी त तिम्री दासी हुन् अनि तिमी मालिक हौ ।
भोग्यालाई किन दिइरहनु प¥यो हक, अधिकार र इज्जत ?
आप्mनै इज्जत बेच्दै हिंडे पनि इज्जतको ठेकेदार त तिमी हौ ।
हरेक युगमा नारीले सधैं सीताको नियति भोग्दै आएकै हुन्
धोवीको भनाइमै नतमस्तक हुने राम र तिमी पुरुष नै त हौ ।
नगरबधु भनेर हामीलाई सधैं नै छिःछिः र दूरदूर गर्छौं
तर बजारको ग्राहक र हाम्रा दलालहरु सबै पुरुष नै त हौ ।
खुल्ला मञ्चहरुमा साइनो, सभ्यता र मर्यादाको भाषण गरेर
घरको चार दिवारीमा आप्mनै छोरीबुहारी बलात्कार गर्छौ ।
कति कति अनुहार छन् खै, तिम्रो जाली अनुहारमाथि पोतिएका
नारीलाई धरधरी रुवाएर फेरि नारी मुक्ति र अधिकारको कुरा गर्छौ ।
विवेक नभए पनि पद, पैसा र शक्ति सबै सबै छ तिमीसँग
त्यसैले त कागजमा लेखिएका कानुनलाई तिमी छल्न सक्छौ ।
सार्वजनिक रुपमा समानता र न्यायको कुरा गरेर नथाक्ने तिमी
महिलालाई असमान व्यवहारगर्दै रातदिन अत्याचार गर्न सक्छौ ।
आमा,श्रीमती, छोरी र बुहारी बनेर तिमीलाई जत्ति नै स्याहारे पनि
नारीलाई इज्जत दिन नजान्ने तिमी कति कुपमण्डक र कृतध्न छौ ।
घरकी नारीलाई गलहत्याउछौ, रुवाउछौं र रछानजत्तिको नि ठान्दैनौ
तर इच्छित बर प्राप्तिका लागि देवीरुपी नारीकै सामुँ लम्पसार पर्छौ ।
पतिघरका लागि आप्mनो जन्मघर, रहर र इच्छाहरु सबै सबै त्याग्छे नारीले
तर नारीको त्याग र सहनशीलतालाई कमजोरी ठानेर सधैं हेपिरहन्छौ ।
तिमीले बुभ्mनै सकेनौ हामी यशोदा पनि हौं र हौं उग्रचण्डी पनि
अभैm पनि तिमी नारीलाई केवल मेनका, रम्भा र उर्वसीमात्र ठान्छौ ।
नारीको गति र प्रगतिले तिमीलाई पटक्कै खुशी दिंदैन नै
तिमी त नारीलाई अभैm पनि उपभोगको बस्तु नै ठान्छौ ।
भत्किनु पर्छ अब युगौंदेखि पुरुष मनले साँचेका भ्रमका यस्ता ढिस्काहरु
तिमीले बुभ्mनुपर्छ हामी पानीमात्र हैनौ दनदनी बल्ने आगो पनि हौं ।
तिमी जन्मेदेखि तिम्रो मृत्युपर्यन्त तिमीलाई स्याहार्ने नारी नै त हुन्
यत्ति पनि बुभ्mदैनौभने तिमी तनका हैन मनका चाहिं सुरदास नै हौ ।
कुँजिएर बस्नु छैन हामीलाई, उड्नलाई तयार छन् हाम्रा पखेटाहरु
जत्ति रोक जत्ति छेक हामीले समयसंगसंगै हिंड्ने अठोट गरिसकेका छोंैं ।
अहम् र आरोप तघारो बनेर समयको गतिलाई कसले रोक्न सकेको छ र ?
आँटिसक्यौं हामीले ठानिसक्यौ अब हामी समयको गतिसंगै हिंड्नेछौं ।
तिमी पुरुष, दम्भको पर्खाल चढेर नारीभन्दा महान भएको भ्रम पालिराख
योग्यता र योगदानले अब हामी तिमीभन्दा ठीक एक कदम अघि हुनेछौं ।
……………….तरहरा (सुन्सरी), हालः बुढानिलकण्ठ न.पा.,काठमाडौं ।
.