बार्सिलोना। “एक दिन नेपालका लागि” भन्दै स्पेनको बिल्बाउमा एक बिशेष कार्यक्रम सपन्न भएको छ। नेपाल प्रति समर्पित गर्दै गत शनिबार कार्यक्रम सम्पन्न भएको हो। नेपालका हस्तकलाका सामाग्री बिक्री बितरण गर्नुका साथै नेपाली गीत संगीतले कार्यक्रम नेपालमय बनेको थियो। नेपालमा नै सहयोग पुर्याउँदै उदेश्य राख्दै सम्मरा नेपालले कार्यक्रमको आयोजना गरेको हो।
बिल्बाउको गाल्दाकाओमा नेपालको सहयोगार्थ “उना दिया पर नेपाल” (एक दिन नेपालको लागि) कार्यक्रम सम्सरा पूर्ण रुपमा सफल भएको नेपालकी संचालक बियट्रिज़ मारिया दे फ्रान्सिको गोन्जालेज (करुणा) ले बताईन्।
कार्यक्रममा नेपाल पुगेका स्वयसेवकहरुले आफ्नो अनुभव समेत बताएका थिए। यस्तै नेपाली हस्ताकलाका सामानहरू पनि बिक्री गरिने भएको छ। कार्यक्रममा पाइस वास्कोमा रहेका नेपाली कलाकारहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गर्ने भएका छन्।
कलाकारहरु बिनोद बराईली,तुलसी गुरुङ,भुमि गुरुङ,क्रिष्टिना सिग्देल र रोशनी चालिसे नेपाली गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए। नेपाली गीतका धुनहरु बज्दा स्पेनिसहरु कम्मर मर्काएर नाचेका थिए।

















Gudjob
Comments are closed.