बार्सिलोना/ स्बिजरल्याण्ड निबासी गुणराज शर्माले आफ्नो जन्म दिनको अबसरमा, “पानि अभियानका” लागि ३० हजार रुपैयाँ सहयोग गरेका छन्। जुन ७ तारिख परेको आफ्नो जन्मदिनको खुशियालीमा शर्माले सहयोग गरेका हुन्।
दाङ् स्थायी घर भई हाल पोल्याण्ड बस्दै आएका मित्र लाल पार्देले “प्रत्येक घरमा धारा, गाउँमा सिंचाई” भन्दै १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य सहित पानि अभियान चलाईरहेका छन्। सोहि अभियानमा, लामो समय देखि मिडिया क्षेत्रमा समेत सलग्न रहँदै आएका शर्माले पनि साथ दिएका हुन्।
दाङ् जिल्ला स्थित लक्ष्मीपुर ७ र ८ सुनपुरमा, “करोड पानी अभियान” नाम दिदै सामाजिक संजाल फेसबुक मार्फत पार्देले अभियानलाई ब्यापक बनाई रहेका बेला शर्माले पनि साथ दिएका छन्। आँफुले जन्मदिनबाट सुरु गरेको अभियानमा रकम सहयोग गरेर साथ दिएकोमा अभियानकर्ता पार्देले आभार प्रकट गरेका छन्।
यो पनि पढ्नु होस् :- दुनियाँ जाग्यो भने,सम्भव छ “करोड पानि अभियान”






https://www.youtube.com/watch?v=DnJBG2eTsSQ
Comments are closed.