दुनियाँ जाग्यो भने,सम्भव छ “करोड पानि अभियान”


– गुणराज शर्मा,स्बिजरल्याण्ड

समाजका लागि केहि गर्न धनि नै  हुनै पर्छ भन्ने छैन,सामाजिक भावले काम गर्न चर्चित अनुहार नै  हुनै पर्छ भन्ने पनि  छैन। नेपाल दाङ घर स्थायी घर भई,हाल पोल्याण्डमा बस्दै आएका मित्रलाल पार्दे आज यसैका सफल उदाहरण बनेका छन्। एउटा साधारण मान्छेले पनि ठुलो भरोसा राख्दै करोड अभियान सुरु गरेका छन्।

आफ्नो जन्मथलो, दाङ् स्थित लक्ष्मीपुर सुनपुर आज पानीको अभावमा तड्पिरहेको बेला,उनि प्रबासमा नै भए पनि पिडाको महशुस गरिरहेका छन्। त्यहिँ पिडालाई शक्तिमा बदल्दै आफ्नो जन्म दिन, फेब्रुअरी २९ लाई अवसर बनाएर सहयोग अभियान थालेका हुन्।अभियानका लागि उनले ५० हजार रुपैयाँ सहयोग गर्दै एक करोडको पानि अभियानका लागि सहयोगी हातको आशा बोक्दै,यति ठुलो संकल्प बोकेका हुन्।

अहिले प्रबास रहेका ५० लाख नेपालीहरुको मनलाई उनले सुरु गरेको अभियानले ध्यान खिचेको छ। नेपाली समाज भित्र छोटो समयमा नै व्यापकता लिएको छ | “हरेक घरमा धारा होस्,प्रत्येक गाउँमा सिचाई होस्” उनको चाहनाले धेरैको मन छोएको छ । सरकारको मुख ताकेर बस्ने र सधै आलोचना मात्र गरिने नेपाली समाजका माँझ उनको अभियान पृथक र साहसले भरिएको देखिन्छ।

बाँच्नका लागी समय परिस्थिति सँगै बिदेशी भुमिमा सङघर्ष गरेको एक नेपाली,स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेर पनि,आफ्नो सुनौलो भविश्यका लागि विदेशमा नै संघर्ष गरिरहेको छ।कहिले डेनमार्कमा बियरका बोटलहरु टिपेर त कहिँले पोल्याण्डमा भाडा मस्काउदै,तर संघर्षको यात्रा रोकिएको छैन, कठिन परिस्थितिका बाबजुत पनि अझै मनमा ठुलो संकल्प छ,राष्ट्रको लागि अनि आफ्नो गाउँको परिबर्तनको लागि पनि।

unnamed-6 सायद आफ्नो बशको कुरा नहोला तर एक्लै निश्वार्थ रुपले,  पानि अभावले तड्पिएको गाउँका लागी, हरेक घरमा धारा,र प्रत्येक गाउँमा सिंचाई पुर्याउँने नाराले सबैलाई झस्काएको छ। आफ्नो गाउँ बनाउँन एउटा युवा जाग्न सक्यो भने देश परिबर्तन गर्न कति नै समय लाग्ला र ? भनेर सबैलाई सोच्न बाध्य गराएको छ। अरुलाई आलोचना र टिप्पणी गरेर सामाजिक संजालमा हाबी हुनेलाई पनि सोच्न बाध्य गराएको छ यो अभियानले।

तर एउटा ब्यक्तिले यति ठुलो अभियान चलाउँदा पनि हामी युरोपबासी नेपालीहरु मौन बसेका छौ। गाउँमा धारो ल्याउँन,सिचाई बनाउँन,अभियानमा साथ दिन,दुई चार युरो र डलर हामीले पनि सहयोग गरौला,भन्न अझै सकिरहेका छैनौ। एउटा ब्यक्तिले करोड रुपैयाँ खर्च गर्ने तागत त छैन नि ? यो सबै हामीले राम्रो सँग  बुझेका पनि छौ तर बोल्न सकेका छैनौ।

एउटा गाउँमा मर्दा पर्दा काजकर्म गर्दा करुवा लिएर अर्को गाउँबाट पानि ल्याउनु पर्ने बाध्यतालाई हामी नजरअन्दाज गर्न सक्तैनौ। मित्रलालको गाउँलाई आज हाम्रो सहयोगको खाँचो छ। गाउँमा पानि पियासमा अत्यासिएका बुढा बा,आमा छोरी चेली,गर्भवती,नानीबाबु सबै हाम्रै र आफ्नै  हुन् त्यसैले हामी बोल्न जरुरी छ। हो जरुरी छ पोल्याण्डवाट,स्बिजरल्याण्ड,बेलायत,स्पेन,पोर्चुगल,बेल्जियम सारा युरोप बोल्न जरुरी छ,अष्ट्रेलिया,अमेरिका,खाडी सबै बोल्न जरुरी छ ,तब मात्र सार्थक पाउँने छ,न्याय पाउँने छ मित्रलालको,”करोड पानि अभियानले”  

मित्रलाल भन्छन ” हामी गरिब छैनौ कसैले दिदैमा समाज परिवर्तन हुदैन किनकि  समाज परिवर्तनको लागी मन जाग्नु पर्छ यसैमा आधारित बिचार गरिब भएर त दुनिया रोएको छ । कहिले अरुलाई गाली गर्यौ ।कहिले देशलाई गाली गर्यौ । तर हाम्रो प्राण पानीलाई वेवास्ता गरेर मृगतृष्णामा भुल्यौ कि । पानी अभियान न त गाउँसँग सम्बन्धित हो न त देशसँग सम्बन्धित । यो त दुनियासँग सम्बन्धित हो ।

पानी अभियानले लाखौ रुपैया सहयोग गर्नेहरु पनि एकै हुन ।आत्मा दिनेहरु पनि एकै हुन ।सबैले दुनियामा तिर्खा मेट्ने पानी पाउनु पर्छ भन्ने सोच राख्दछ ।” यो पनि अभियान आत्मा जगाएर बिकास सम्भव छ भन्ने सोचमा आधारित छ ।पैसा नै सर्वथोक हो भन्ने मान्यताको बिपरितसँग बिकास बोलेर होइन आश गरेर होइन हामी जुटेर सम्भव छ । अरुलाई  गाली गरेर होईन, म वा हामी केहिँ गर्न सक्छौ भन्नाका खातिर हो।

फूल चढाउनेहरु पनि एकै हुन्
गाली गर्नेहरु पनि एकै हुन्
सबैले तिर्खा मेट्न पाउनु पर्छ ।
एकै चोटी पुरै विश्व सोच्न नसकिएला
तर दुनिया जाग्यो भने असम्भव छैन है।

 

उनि थप्छन “चन्द्रमाका कुरा गर्ने ,स्वर्गका कुरा गर्ने हामीहरु,एक पटक युगले जित्ने कोहि हार्नु नपर्ने कोहि मर्नु नपर्ने पानीका कुरा गरौ त, दुनिया कस्तो बन्छ ।समाजसेवा पैसाले होइन, मन तातेर भएको समाज सेवा नै पबित्र हुन्छ।

सपना सुतेर देख्ने होइन बिपनामा देखेर पुरा गर्ने हो। करोड जुट्याउनु केहि धारा बनाउनु मात्र यसको उद्देश्य होइन यो त हरेक व्यक्तिहरुको मन भित्रबाट केहि गर्न सकिन्छ ,हामीहरु कमजोर छैनौ जागेपछी जे पनि सम्भव छ ।”

यहि अभियानले नयाँ पुस्तालाई पनि प्रभाव पारेको छ। “एसएलसी प्रिन्स २०१६ ” को दोस्रो चरणमा पुगेका एक प्रतियोगिको मन पनि छोएको छ। ति प्रतियोगि जेल्सन अधिकारीले आँफुलले  उपाधि जिते , पानि अभियानमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनको बिचार सहितको अन्तरबार्ता पनि यहाँ नै प्रस्तुत गरिएको छ।

जेल्सनको मनलाई पनि अभियानले छोईसक्यो, अब  हामी बोल्न जरुरी छ।हाम्रो साथ समर्थन र सहयोगको खाँचो छ। यसका लागि अहिले आर्थिक सहयोग नै सबै भन्दा महत्वपूर्ण छ। पानी अभियानका लागि नेपाल बैंक लिमिटेड दाङ घोराहीको खाता नम्बर 02700106204173000001 मा रकम जम्मा गर्न सकिन्छ।

आर्थिक अलवा तपाईको भावानात्मक सहयोग र सद्भावले पनि केहि गर्छु भन्ने युवालाई उत्प्रेरेणा जाग्ने थियो। अभियान कर्ता मित्रलाल पार्देलाई  ००४८७२९५८९५३९ मा  सम्पर्क गर्न गरेर अभियान बारे चासो सुझाव वा सहयोग पनि गर्न सक्नुहुन्छ।

अभियान बारे तयार पारिएको एक भिडियो रिपोर्ट पनि हेर्नुहोस्।   सम्पर्क गर्न सक्नु हुनेछ |

तपाईको प्रतिक्रिया