साईप्रसमा नेपाली युवतीले गरिन् आत्महत्या


बार्सिलोना/ साईप्रसमा २५ बर्षिय नेपाली युवतीले आत्महत्या गरेकी छन्। करिब दुई बर्ष अघि घरेलु कामका लागि साईप्रस आएकी रामेछाप प्रिती गाउँबिकास समिति घर भएकी अन्जु सुनुवारले शनिबार आत्महत्या गरेकी हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुबास मल्लले लिमासोलमा बस्दै आएकी सुनुवारले आत्महत्या गरेको जानकारी प्राप्त भएको बताएका छन्। घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

किन गरिन् आत्महत्या ?

साईप्रसमा घरेलु कामका लागि आएका महिलाहरु माथि दुर्ब्यबार हुने गरेका घटनाहरु सार्बजनिक हुने गरेका भए पनि सुनुवारको आत्महत्याको कारण व्यक्तिगत रहेको खुल्न आएको छ। रामेछाप घर भएकी साईप्रसमा रहँदै आएकी सुनुवारकी आँफन्त राजमाया सुनुवारले यसको पुष्टि गरेकी छन्।

राजमायाले अनलाईनखबरसँग कुराकानी गर्दै भनिन्,” अन्जु मेरी दिदिको छोरी हुन्, शुक्रबार दिउँसो २ बजे सम्म मेरो कुराकानी भएको थियो। साह्रै निराश थिईन्। झापा घर भएका निशान राईसँग प्रेम सम्बन्ध थियो,उनकै कारणले गर्दा करिब १ महिना यता त अञ्जु साह्रै तनाबमा थिईन्।”

निशानले ब्लाकमेल गर्दै पैसा माग्थे

अन्जुले निशानसँग बिहे गर्न चाहन्थिन् तर निशान भने सधैँ पैसा मात्र माग्थे,राजमायाले भनिन्,” पैसा नपठाए फोटोहरु सार्बजनिक गर्ने धम्की दिदै निशानले ब्ल्याकमेलिन् गर्थे।

राजमायाले सबै कुरा बिस्तारमा सुनाउँदै भनिन्,” पहिले आँफूसँग बिहे गरे, निशानको भविष्य बनाउँन अञ्जुले सहयोग गर्ने बताउँदै आएकी थिईन् तर पनि कति पटक पैसा समेत पठाईदिईन्। फेरि अर्को तर्फ निशानका अरु पनि गलफ्रेन्ड रहेको र आँफूसँग पैसा मात्र माग्ने गरेको अञ्जुले चाल पाएकी थिईन्।”

फेसबुकबाट चिनजान

निशान र अञ्जुको फेसबुकबाट चिनजान भएको थियो। साईप्रस आउँनु अघि दुवै जनाको भेटघाट समेत भएको राजमाया बताउँछिन्।

उनले भनिन्,” निशानका भने २-३ बटा नै फेसबुक आईडीहरु छन् क्यारे,तर अञ्जुले भने पछिल्लो समय तनाबका कारण फेसबुक बन्द गरेकी थिईन्। फेसबुकबाट नै चिनजान हुँदै दुवै एक अर्का बीच नजिकिएका थिए।

अन्तिम कुराकानीमा अञ्जुले के भनिन् ?

अञ्जुको आफ्नो नम्बर समेत बन्द गरेकी थिइन्,अर्कै नम्बरबाट अन्तिम पटक राजमायालाई फोन गरिन्। “मेरो बारेमा कसैलाई नभन्नु, घरमा एक महिना पछि फोन गर्छ भन्दिनु।” यसरी सम्पर्क गर्दा राजमायाले नेपाल नै गएर सबै समस्या समाधान गर्न सल्लाह समेत दिएकी थिईन्। पटक पटक नेपालमा नै गएर समस्या समाधान गर्ने भन्ने बारे पनि कुराकानी भईरहेको थियो।

तर राजमायाले भनिन् ” एक्कासी आज आत्महत्याको कुरा सुने,मैले नेपालबाट थाहा पाएकी हुँ,हामी दुवै एउटै म्यानपावरबाट आएका हौ त्यहिँबाट सरले घटना बारे बुझ्न फोन गर्नु भएको थियो,तर घटनास्थल सम्म म पुग्न पाएकी छैन। घटना लगत्तै साईप्रसबाट सम्बन्धित म्यानपावरलाई फोन गरिएको बुझिएको छ।

अञ्जु साईप्रस कसरी आईन् ?

राजमाया र अञ्जु सँगसँगै जस्तो साईप्रस आएका थिए,सन् २०१४ को सेक्टेम्बरमा अञ्जु आईन् भने त्यसको ठिक १ महिना अघि राजमाया आईपुगेकी थिईन्।

साईप्रस आउँदा एक जनाको करिब ५ लाख रुपैयाँ जति खर्च भएको राजमाया बताउँछिन्। काठमाडौ सामाखुसी स्थित केआईआई मेनपावर मार्फत दुवै जना साईप्रस आएको राजमाया बताउँछिन्।

अञ्जुले आएकी ऋण तिरीसकेकी छैनन् ?

साईप्रस आएको दुई बर्ष पनि नपुग्दै आत्महत्या गरेकी अञ्जुले घरको पुरै ऋण तिरीनसकेको राजमाया बताउँछिन्। उनले भनिन्,” अञ्जुले पैसा त पठाई रहन्थी,काम गर्ने परिबार पनि साईप्रसमा राम्रै परेको थियो। महिनामा ५०- ५५ हजार रुपैयाँ उसको कमाई हुन्थ्यो तर ऋण बाँकी नै छ भन्थी।”

१२ कक्षा पुरा गरेकी अञ्जुको परिबारमा बा,आमा सहित दुई बहिनी र एक भाई रहेका छन्। घरकि जेठी छोरीले प्रदेशमा ज्यान गुमाए पछि पढ्दै गरेका भाई बहिनीहरुको भविष्यमा समेत असर पुग्ने राजमाया बताउँछिन्।

निशानलाई कारबाही होस्

निशानका कारण अञ्जु तनाबमा रहेका कारण आजको यो अबस्था आएको भन्दै राजमायाले कार्बाहीको माग गरेकी छन्। निशानलाई आँफूले नभेटेको र राम्रो सँग ठेगाना समेत थाहा नभएको जानकारी दीईन्।

तर राजमायाले भनिन्,” एक दिन अञ्जुले मलाई उसको फोटो पठाएकी थिई,अलि अस्पष्ट छ,तर निशानको एउटा फोटो भने मेरो म्यासेन्जरमा छ।”

36 COMMENTS

  1. कारण पता लगायर कारण सहित समाचार पाेस्ट गर्दा राम्रो किनकि अरुलाई असर पर्ने जान्छ सबै साेचाई हुन्छ फेरि कतै घरेलु हिंसा ले पाे हो कि ,,,,,

  2. testo samma suicide nai garna parne decide ta nalinu parne k vayo hola kasailai najikko friends lai k hi tha xaki hints matra tha vayni sayad marnuko karan pata lagauna sakthyoki yata aafnai personal matter pani huna sakx…

  3. testo samma suicide nai garna parne decide ta nalinu parne k vayo hola kasailai najikko friends lai k hi tha xaki hints matra tha vayni sayad marnuko karan pata lagauna sakthyoki yata aafnai personal matter pani huna sakx…

  4. kunai kaarn pani pattaa lagaayar new post garnu hola hunt baidesik mamila ho karn thaha payar pani hun ke x tehi pani khul dul laagx yastai tesati ho bidesi yatra ke hun kun bela thaahaa hudain

  5. kunai kaarn pani pattaa lagaayar new post garnu hola hunt baidesik mamila ho karn thaha payar pani hun ke x tehi pani khul dul laagx yastai tesati ho bidesi yatra ke hun kun bela thaahaa hudain

  6. बिचरा केको कनरण होला प्लिज सके सम्मा तपाईंहरुले समाचार पोस्ट मा कारण सहित बताइदिनु होला

  7. बिचरी यति सानो उमेरमा घरायसी काममा जुट्न परेपछि डिप्रेसन नै भयो होला । RIP आत्माले शान्ति पाउन ।
    साइप्रसमा हुने मित्रहरूले investigation लगायत सबै कुराहरूमा सहयोग गरिदिनु होला ।

  8. बिचरा केको कनरण होला प्लिज सके सम्मा तपाईंहरुले समाचार पोस्ट मा कारण सहित बताइदिनु होला

  9. छिटो भन्दा छीटो कारण केहो सहि समाचार पोष्ट गर्दिनु होला

  10. छिटो भन्दा छीटो कारण केहो सहि समाचार पोष्ट गर्दिनु होला

  11. छिटो भन्दा छीटो कारण केहो सहि समाचार पोष्ट गर्दिनु होला

  12. Cyprus auna 4 lak tirera 80:000 tireko list banayera menpwor le patauxa kamama late paxi officeko manxelai kam garo vo vanda feshan dekhauna ako vanxa poisa khane belama milera khanxan tehi vayera po hoki?

  13. Cyprus auna 4 lak tirera 80:000 tireko list banayera menpwor le patauxa kamama late paxi officeko manxelai kam garo vo vanda feshan dekhauna ako vanxa poisa khane belama milera khanxan tehi vayera po hoki?

  14. Cyprus auna 4 lak tirera 80:000 tireko list banayera menpwor le patauxa kamama late paxi officeko manxelai kam garo vo vanda feshan dekhauna ako vanxa poisa khane belama milera khanxan tehi vayera po hoki?

  15. यदि यो समाचार साँच्चै भो भने 5w1h तिर लाग्नु जरूरी छ साँच्चै यो समाचारले मर्माहित बनाएको छ यसलाइ अरू कसैको कारणाले यो घटना भएको हो भने पत्ता लगाई तुरून्तै कानुनि बठघरामा उभ्याउनु जरूरी छ । उहाँ मेरो छिमेकि हुन ।

  16. RIP departed soul. I don’t understand why people commit suicide when they are betrayed in love. Facebook ko love ta jhan kaam nai chhaina. Ani tyo kutta Nishan vanne aruko paisa khadai blackmailing garne lai karbahi hos

  17. Hallo mitra jan cypurs ma jaynai jana hinsa hudai na yo maro biswos ho yaha dayra aajath vayar nai ho yo sabai f.b ko kam ho naxinako manx c ta link rakhada yasto pari nam vok nu parx jaba naparnu tiyo pari hala paxi yasko aru pani bikalpa x ni tasta lae tik parna tara life nai sidaunu huna hai very sad

Comments are closed.