मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने सरकारी निर्णय


काठमाडौंः सरकारले मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अबबाट मृगौला रोगीहरुले निशुल्क डाइलासिस गर्न पाउने निर्णय गरेको हो । सरकारले सबै मिर्गौला रोगीको उपचारार्थ डायलोसिस खर्च निःशुल्क गराउने निर्णय गरेको छ ।

मृगौलापीडित साहित्यकार दाहाल यज्ञनिधिलगायतले दुई दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर डायलोसिस नि:शुल्क गराउन तथा मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको माग गरेको थियो ।

मृगौला फेल भएर लामो समय गरिने उपचारका क्रममा गरिने डाइलाइसिस प्रक्रिया सर्वसाधरणका लागि महंगो भइरहेका बेला सरकारको निर्णयले उनीहरुलाई राहत मिल्ने भएको छ ।