नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भयो।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पा¥यो।
खेल सकिन एक मिनेट बाँकी रहँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भएको हो। पहिलो हाफमा पनि उनले दुई गोल गरे।
पत्रकारका सुदीप बुढाथोकीबाट एक आत्मघाती हुनपुग्यो। त्यस्तै जीवन केसीले अर्को गोल फर्काए पनि राजनीतिज्ञको जितका लागि पर्याप्त भएन।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गरेका थिए भने पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले गरेका थिए।
युवा राजनीतिज्ञका बाहुल्यता भएको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, नेकपा (एमाले)का विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एनेकपा माओवादीका धर्मशीला चापागार्इं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत थिए।
त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत थिए। खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिए। उनले भने,“आगामी दिन यस्तो मैत्रीपूर्ण खेल आयोजना भइरहनुपर्छ।”
गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताए। त्यस्तै युवा गगन नेता थापाले खेल्ने अभ्यास नभएपनि दुवै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताए। रासस