फैसलावाद(पाकिस्तान),१३ चैत्र
पाकिस्तान ह्याण्डवल संघको आयोजनामा पाकिस्तानको फैसलावादमा आइतबार देखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली राष्ट्रिय ह्याण्डवलको टोली आज (शनिबार) पाकिस्तान पुगेको छ ।
नेपाली टिम सडक तथा रेलमार्ग हुदै पाकिस्तानमा शनिबार वेलुका ५ बजे पुगेको टिम व्यवस्थापक प्रविन कुमार ठोकरले बताए ।
नेपाली टोलीलाई भारत तथा पाकिस्तानको वोर्डर वागामा पाकिस्तानको टोलीले नेपाली टिमलाई स्वागत गरेको थियो भने फैसलावादमा समेत फुलमाला लगायर स्वागत गरेको हो । फैसलावादको कृषि विश्वबिद्यालयको खेल मैदानमा संचालन हुने उक्त प्रतियोगितामा पाकिस्तान, नेपाली, भारत, उज्विकीस्तान र माल्दिप्स सहभागि हुने भएका छन । रन्जना राईको कप्तानिमा नेपाली राष्ट्रिय खेलाडीहरुको टोली उक्त प्रतियोगितामा सहभागि हुन पुर्ण तयारी अबस्थामा रहेको नेपाली टिमका प्रमुख प्रशिक्षक जिवन बहादुर बस्नेतले बताए । उनले भने “हाम्रो यात्राको क्रममा केहि कठिनाई भए पनि उक्त प्रतियोगितामा खेल्नको लागि सवै खेलाडीहरु तयारी अबस्थामा रहका छन । ”
यसै बिच, भारत पन्जापको अमृत शरमा रहेको खाल्सा कलेजको राष्ट्रिय टिमसंग मैत्रिपुर्ण खेलमा नेपाली राष्ट्रिय टोलीले पराजित गरेको छ ।
कलेजको मैदानमा सुक्रबार आयोजना भएको खेलमा खाल्साको टिमलाई नेपाली टोलीले १६ गोल को बिरुद्ध २६ गोल अन्तरले पराजित गरेको हो ।
पाकिस्तानमा चैत्र १७ गतेसम्म संचालन हुने अन्तराष्टिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा सहभागिता जनाउने क्रममा नेपाली टोलीले अभ्यास खेल अन्र्तगत खाल्सा कलेजको टिमसंग मैत्रिपुर्ण ह्याण्डवल खेलेको प्रशिक्षक टेक बहादुर विकले बताए ।
यसै बिच, रेल सेवाको प्राविधिक कारणले गर्दा खोगरपुरमा करीब ६ घण्टा बढी कुर्नु पर्दा नेपाली टोलीलाइ कठिन भएको कप्तान रन्जना राईले बताईन । ६ः५५ बजेको रेलको टिकट अग्रिम बुकिङ्ग भए पनि डिले भएका कारणले गर्दा राति १ बजे मात्र रेलमा चढेको मुख्य प्रशिक्षक बस्नेतले बताए । करीब २५ घण्टाको रेल यात्रा पछि टोली शुक्रबार राति २ बजे अमृतशर पुगेको हो । अमृत शरबाट शनिबार भारत र पाकिस्तानको वोर्डर वागाबाट सडक मार्ग हुदै टिम फैसलावाद आएको हो ।