कृष्ण रानाभाट/पोखरा, १३ चैत्र
पोखरा एन्ग्लर्स क्लव नेपालको आयोजनामा शनिवार रुपाताल गाविस वडा नं. ६ रुपाताल भँगरा कुनामा सम्पन्न आठौं बल्छी खेल प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउनु भएका होम गुरुङ प्रथम भए ।
निर्धारित ५ घण्टा समस्यमा बल्छी खेल्दै सबै भन्दा बढी माछा संकलन गर्न सफल गुरुङले उपाधि जित्दै पुरस्कृत भए । प्रतियोगितामा कालु गुरुङ दोश्रो र डाक्टर दिवेस सिंह तेश्रो हुदै पुरस्कृत भए ।
प्रतियोगितामा मेजर बालकृष्ण गुरुङ, सैलेस रायमाझी, कृष्ण परियार, डा.दिवेस सिंह, डा. तेजेस मल्ल, डा.सुमन श्रेष्ठ, कालु गुरुङ, आइते जलारी, सुरेन्द्र पौडेल, सोम गुरुङ, प्रकास गुरुङ, होम गुरुङ, परोपकार कार्की, अमित आचार्य र बिजय मोक्तान गरी १५ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगीहरुलाई गोलाप्रथाको आधारमा भँगरा कुनाको मन्दिर, पीपल रुख र बेसक्याम्प तीन ठाउँबाट विभाजित गरी प्रतियोगिता गरिएको थियो ।
यसरी नै क्लव स्थापना सन् २०१२ देखि २०१५ सम्मको क्लव च्याम्पियन ५१ अंकका साथ क्लवका सचिव सैलेस रायमाझी घोषित भए भने ४८ अंकका साथ क्लवका अध्यक्ष मेजर बालकृष्ण गुरुङ फष्ट रनर अप र ३५ अंकका साथ आइते जलारी तृतिय हुदै पुरष्कृत भए ।
विजेताहरुलाई क्लवका वरिष्ट सदस्य मेजर हुकुमसिंह थापाले ट्रफीसहित पुरस्कृत गरेका थिए ।
यसअघि प्रतियोगिताको नियमबारे क्लवका अध्यक्ष मेजर बालकृष्ण गुरुङले जानकारी गराउनुभएको थियो भने अध्यक्ष गुरुङले सिठी फुकी प्रतियोगिता शुरु भएको थियो ।
दिउसो २ बजे सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा क्लवका नयाँ सदस्य परोपकार कार्कीलाई खादा लगाएर स्वागत गरिएको थियो भने प्रतियोगिता व्यवस्थापनका विशेष सहयोग आनन्द सापकोटा र कृष्ण गुरुङलाई धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रममा आगामी प्रतियोगिता लमजुङ बेशीशहरस्थित मस्र्याङ्दी नदिमा आयोजना गर्ने संभाव्यताका बारेमा कालु गुरुङले जानकारी गराएका थिए भने आठौं प्रतियोगिताको डा.दिवेस सिंहले समिक्षा गर्नुहुदै बल्छी खेलमा अन्तिम समयसम्म धैर्यता जरुरी रहेको बताए ।
सचिव सैलेद रायमाझीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मेजर बालकृष्ण गुरुङले सबैलाई धन्यवाद दिनुहुदै बल्छी खेल अनुमति पत्रका लागि पहल गर्ने बताए। उनले नेपालका लागि नँया पर्यटन प्रवद्र्धनमा मदत पुर्याउने खेलको विकासका लागि सबैको साथ सहयोग र सहभागीताका लागि आग्रह गरे ।
नेपालका लागि नौलो बल्छी खेलका लागि पोखरा एन्ग्लर्स क्लब नेपाल चारवर्ष अघि दर्ता गरिएको हो भने क्लब हाल ३५ जना सदस्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।