बार्सिलोना / १३ बर्षिय नेपाली बिनय कार्कीले जी वान वल्ड तेक्वान्दो फेडेरेसन अन्तर्गत अन्तराष्ट्रिय तुर्किस ओपनमा पाँचौ स्थान हासिल गरेका छन्। युरोपियन मुलुक अष्ट्रियामा बस्दै आएका बिनयले करिब १ हजार ८ सय सहभागी खेलाडीहरु माँझ पाँचौ स्थान हासिल गरेका हुन्।
मेडलबाट बाहिरिनु दुर्भाग्य भए पनि जी वान जस्तो अन्तराष्ट्रिय प्रतियोगितामा पाँचौ स्थान हासिल गर्नु ठुलो उपलब्धि भएको उनका पिता बिकास कार्कीले बताए।फेब्रअरी १८ देखि २० तारिक सम्म टर्कीमा नै युरोपियन तेक्वान्दो क्लब च्याम्पिन्सिपमा पनि बिनयले भाग लिने कार्कीले जानकारी दिए। यस्तै अर्को हप्ता स्लोभानिया ओपन र मार्चमा महिनामा नेदरल्याण्ड र बेल्जियममा हुने छुट्टाछुट्टै प्रतियोगिताहरुमा पनि उनले सहभागिता जनाउँदै छन्।
६ बर्षको उमेरबाट खेल्न सुरु गरेका बिनयले अष्ट्रियामा भएका प्रतियोगितामा २५ र अन्तराष्ट्रिय स्तरका ३५ गरी ६० पदकहरु जितीसकेका छन्। सन् २०१३ मा जर्मनीमा सम्पन्न भएको फस्ट वर्ल्ड चिल्ड्रेन तेक्वान्दो च्याम्पियनसिप, जिते पछि उनको चर्चा चुलिएको थियो।
यो पनि पढ्नुहोस् :-
युरोपमा चम्किदै बिनय,१३ बर्षको उमेरमै तेक्वान्दोमा जिते ६० पदक








