स्विटजरल्याण्ड। ईन्टरनेशनल नेपाली मिडियाद्वारा संचालित नेपाल स्वीस डटकमको छैठौं वार्षिकोत्सव समारोमा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहने भएको छ। यूरोपका लोकप्रिय नेपाली कलाकार, साहित्यकार र पत्रकारहरुको साथमा अभियन्ताहरुको उपस्थिति रहने भएको हो।
गैर-आवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामिछानेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा समारोहमा संघका उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि के. सी.र सचिव अर्जुन कुमार श्रेष्ठ ,यूरोप संयोजक कुल आचार्य, उप -संयोजकहरु प्रेम गुरुङ, दावा शेर्पा, महिला संयोजक सपिला राजभण्डारी, महिला उप-संयोजक रजनि प्रधान,आईसिसि सदस्य एकराज गिरी (स्पेन), एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसी लगायतको उपस्थिति रहने आयोजकले जनाएको छ।
एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थितिले नेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोह एनआरएन मय हुने र कार्यक्रममा गैर-आवासीय नेपालीका चासोका बिषयहरुमा पनि विचारहरुको आदान-प्रदान हुने अपेक्षा गरिएको छ।
वार्षिकोत्सब समारोहमा सहभागी हुन नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्मा, पत्रकार महासंघ यूरोप शाखाका बरिष्ट उपाध्यक्ष ओम शर्मा,नेपालीनेपाली डटकमका प्रधान- सम्पादक तथा अनलाईनखबरका युरोप संयोजक बसन्त रानाभाट, गोर्खा रेडियो यूकेका निर्देशक नरेन्द्र बस्नेत, साहित्यकार एवं ईन्फोमाला डट कमका कोर्डिनेटर पंचम अधिकारी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम अध्यक्ष दिपकज्योति पौडेल जुरिच जाने आयोजकले यस अघि नै बताएको थियो।
यस्तै अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल कमिटिका अध्यक्ष पुष्प बरुवाल,यूरोप संयोजक अर्जुन काफ्ले लगायत परिचित पत्रकार, साहित्यकार र कलाकर्मीहरुको उपस्थितिले वार्षिकोत्सबलाई विचार र साहित्यमय बनाउने बताईएको छ।






Infortunately , y did not mention the date of programme and venue etc…
Comments are closed.