“सुन्दर नगरी पाेखराका असुरक्षित चेलीहरु”


- शाेभराज पाैडेल

– शोभा राज पौडेल

केही दिन अगाडी पाेखराकाे मुटु चिप्लेढुङ्गामा नगर वसकाे प्रतिक्षा गरि रहँदा फुटपाथका ब्यापारी महिलाहरू कुरा गर्दै थिए,”छाेरी स्कुल जान्छे घर नफर्कने बेला सम्म कति डर लाग्छ”।त्यस्तै कुराहरु सार्वजनिक सवारीमा पनी चल्दै थिए।

देश तथा बिदेशमा अनि सामाजीक सञ्जालमा पनि चर्चाकाे बिषय बनेकाे थियाे यरुना(नेहा) पुन काे हत्याकाे विषय। पाेखरा मालेपाटन प्रगती मार्गमा डेरा गरी बस्ने सरस्वती लिम्बु काे पनि संकास्पद रुपमा हत्या भयाे। सदाझै खहरे,लेकसाईड काे हाेटलमा काम गरेर फर्केकि सरस्वति काे शब मालेपाटनमा भेटीयाे। त्यस घट्नाकाे केही दिन बित्न नपाउँदै पाेखराकाे नयाँगाउमा पनि त्यस्तै घट्ना घट्याे। 

नारीलाई रमाइलाे काे साधन मान्ने पुरुष प्रधान समाजमा नारीकाे ईज्जत र सम्मानकाे त कुरै छाडाैं उल्टाे पाशविक अनि कठाेर तरीकाले हत्या हुन्छ।नयाँगाउ र मालेपाटनमा एक पछि अर्काे गर्दै घटेका घट्नाले पाेखरा अनि अासपासका महिलाहरुमा त्रसित अवस्था सिर्जना गरेकाे छ।

सार्वजनीक स्थान देखी यातायात, शैक्षिक संस्था देखी अाफ्नाे अावास कतै पनि सुरक्षित महसुस गर्ने अवस्था छैन।नेहा पुन काे हत्याकाे अाराेपी सतिश भनिने कृतन खड्की लाई प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेकाे छ। र यस घट्नामा संलग्न अभियुक्त ब्यक्ति अाफ्नै धर्म दाई रहेकाे खुल्न अाएकाे छ।यस घट्नाले के पुष्टी गर्दछ भने नारी स्वयं घरमा पनि सुरक्षित छैन भन्ने देखाउछ। यि र यस्तै घट्नाहरु उदाहरणीय घट्ना मात्र हुन।यस्ता घट्नाका अभियुक्त लाई हदै सम्मकाे कारवाही हुनु पर्छ, अन्यथा नारीले अान्नदसाथ बाँच्न सक्ने छैन्न।

मानिस चेतनशिल प्राणी हाे तर यी अनी यस्तै घट्नाले गर्दा समाजमा नारीकाे सम्मानकाे कुरै छाेडाै सुरक्षित साथ बाँच्न सक्ने अवस्था छैन। जतिनै शैक्षिक परिवर्तन भय पनी साेचाई परिवर्तन गर्न नसक्दा हत्या, हिंसा, बलत्कार का घट्नामा झनै बढेकाे देखिन्छ। अपराधीकाे पञ्जामा परेकी नेहा पुनकाे चर्चित नायीका बन्ने सपना त टुट्याे नै,जीवन पनी सकीयाे। यस घट्नाले महिलाहरूलाई त्रसित त बनायाे नै अनि राम्रै पाठ पनि सिकायाे।

अादरणीय महिला दिदी बहीनीहरु तँपाई कसै सँग प्रेम गर्दै हुनुहुन्छ भने वा सम्वन्ध जाेड्दै हुनुहुन्छ भने यस कुरालाई विचार गर्नुस कि म कस्ताे मान्छे सँग प्रेम गर्दै छु। अाँफुले राम्राे साेचेकाे मानिसकाे नियत खराव हुन सक्छ। त्यसैले संयमित भएर काम गर्नु पर्ने देखिन्छ। साथै अभिभावक वर्गले पनि अाफ्ना सन्तानकाे राम्राे ख्याल गर्नु पर्ने जरुर देखिन्छ।

सँधै सुरक्षाकाे कारण पुलिस प्रशासनलाई मात्र दोषी बनाउनु भन्दा अाँफै संयमित भई क्रियाकलाप गर्नुपर्ने जरुर छ। अन्त्यमा,महिला हिंसा,बलत्कार,हत्या जस्ता जघन्य अपराध लाई समाजमा पाल्नु अबस्य पनि राम्राे हैन। त्यसैले चेतनशिल वर्गले यस्ता क्रियाकलापलाई त्यागी सभ्य समाज निर्माणमा जाेड दिनु अावस्यक छ।