कास्कीमा फेरि अर्को शब, विदेशी नागरिक मृत भेटिईन्


पोखरा,/
बेगनासतालमा मृत भेटिएकी विदेशी नागरिकको अझै सनाखत हुन सकिरहेको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरि पालका अनुसार ती विदेशी महिलाको मृत्युको कारण अझै खुल्न सकेको छैन । एसपी पालले भने–‘ मंगोलियन अनुहारकी ती युवतीको शरिरमा त्यस्तो कुनै चोटपटक देखिदैंन । कसरी बेगनास तालमा डुब्न पुगिन् ? वा के भएको भन्ने बारेमा अनुसन्धान भने जारी छ ।’

एसपी पालका अनुसार वेगनास ताल वरपर रहेका होटलदेखि पर्यटकहरु घुम्न जाने र बस्ने ठाउँहरुमा समेत सोधखोज भईरहेको भएपनि अझैसम्म ती युवतीको बारेमा थप जानकारी आउन सकेको छैन । ती युवतीको शब वेगनासतालको डुँगाघाट नजिकै वल्छी खेल्ने टुँडो र ताल घुसेको ठाउँ अर्थात् दोस्रो टुँडोमा भेटिएको थियो । जहाँ मानिसहरु सहजै आवात–जावत गर्न सक्ने ठाउँ भने नभएको स्थानीयवासीले बताए । विहान करिब १०ः३० बजे डुंगामा सयर व्यक्तिहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए भनी डन न्युजले जनाएको छ।

12669699_834867076639067_3143990358088612656_n

 

1 COMMENT

  1. SP pal jyu tapai jilla prahari pramukh bhayera santi surakhshya dina asamarth hunu bhayeko cha teskaaran tapai yo pad maa basna layek hunuhunna kasari bgandai hunuhunxa mritak khm maya pun ko sarir ma kunai chot patak chaina bhani??????tauko ma clear chot cha.k tapai andhoo ho ki apradh sanchalan ko naike ho.bharkharai pokhara neha chori ko case pani teztai cha.please satya tathya sarbajanik gari dosi laii kada bhanda kada sajay dinuhos tatha jantako man jitne kaam garnuhos.

Comments are closed.