बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सकेर संघका केन्द्रिय अध्यक्ष शेष घले लण्डन पुगेका छन। यसअघि लग्जेम्बर्ग रबेल्जियमका गैर आबासीयहरुसँग छलफल गरेका घलेले आयरल्याण्डका गैर आबासीयहरुलाई पनि भेटेर आईतबार दिउँसो लण्डन पुगेका हुन्।
घलेलाई एनआरएनए बेलायतका अध्यक्ष मुछेन्द्र गुरुङ लगायतको टोलीले स्वागत गरेको छ । निर्माणधीन एनआरएन भवनको लागि सहयोग रकम जुटाउँन बेलायत पुगेका बुझिएको छ। त्यहीबाट नै दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका घले,पुन: निर्बाचित बने पछि, पहिलो पटक बेलायत पुगेका हुन् ।
एनआरएन युकेले डिसेम्बर २८ तारिख सोमबार घलेको उपस्थितिमा अल्डरसटमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ। युकेका अध्यक्ष मुछेन्द्र गुरुङले कार्यक्रममा सहभागी भएर भवन निर्माणका लागि आर्थिक सहयोग गर्न यस अघि नै गैर आबासीयहरुलाई अपिल गरिसकेका छन्। एनआरएन युकेको कार्यसमतिले रकम उठाउँने आन्तरिक तयारी थालिसकेको छ।
आयरल्याण्डमा के भयो ?
राष्ट्रिय समन्वय परिषद आयरल्याण्डले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष घलेले संस्थाको भविष्य बारे दिर्घकालिन सोच ल्याउनु पर्नेमा जोड दिएका छन्। एनआरएन एउटा समाजिक सँस्था भएकोले बताउँदै सधै चुस्त र दुरुस्त बनाउनु पर्ने भन्दै घलेले यस्तो बताएका हुन्।
तस्बिर:- एनआरएन युकेको टोलीले लण्डनमा घलेलाई स्वागत गर्दै
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका घलेले भूकम्पको बेलामा आयरल्याण्डबासी नेपालीहरुले पुर्याएको योगदान गर्दै खादा ओढाएर सम्मान समेत ब्यक्त गरे। राष्ट्रिय समन्वय परिषद आयरल्याण्डका अध्यक्ष राजन काफ्नले नेपालीनेपाली डटकमलाई भने,”अध्यक्ष ज्यू को निजि भ्रमण भए पनि हामीले समय मिलाएर कार्यक्रम गर्यौ। १९ पटक सम्म माउन्ट एभरेष्ट चढेका मिग्मा शेर्पा र ७ पटक आरोण गरेका पासाङ् शेर्पा पनि आउँनु भएको थियो,हाम्रो छलफल प्रर्यटन प्रबद्दनको विषमामा केन्द्रित भएकोले उपलब्धी मुलुक रह्यो।” दुवै पर्बतारोहीहरु प्रर्यटन सम्बन्धी बिबिध कार्यक्रमहरु लिएर युरोप आएका हुन्।
कार्यक्रममा अन्तराष्ट्रिय समन्वय परिषद सदस्य गंगा राम कँडेलले आयरल्याण्डबासी नेपालीहरुको अबस्था,नेपालमा पर्यटक हरु भित्राउँन सकिने सम्भावना लगायतका विषयमा बोलेका थिए। कार्यक्रमको अध्यक्षता गरेका काफ्ले, हालै एनआरएनले अत्याबश्यक औषधीहरु सहयोग गर्न जारी गरेको अभियानमा आयरल्याण्डबाट २ लाख ६७ हजार रुपैयाँ सहयोग गरिएको बारे जानकारी गराए।
संघका निबर्तमान उपाध्यक्ष तथा कार्यसमितिका सल्लाहकार नबराज कोईरालाले स्वागत मन्तब्य राखे भने कार्यक्रमको संचालन कार्यसमिति सदस्य करुणा थापाले गरेकी थिईन्।
क्रिसमस र नयाँ बर्षमा समयमा श्रीमती जमुना गुरुङ सहित निजि भ्रमणको क्रममा युरोप आएको भए पनि, घले दम्पतीहरुले एनआरएनहरुसँग भेटबार्ता तथा छलफलमा भने तिब्रता दिएका छन्।
З Club World Casino Promotions OverviewExplore Club World Casino promotions, including welcome bonuses, free spins, and ongoing rewards. Learn how to maximize your gaming...