‘बिबाद’ भन्ने शब्द छोड्नुहोस्, एनआरएनले काम गरिरहेको छ – अध्यक्ष शेष घले


बार्सिलोना/ गैर आवासीय नेपाली संघका (एनआरएनए) अध्यक्ष शेष घलेले “बिबाद” भन्ने शब्द छोडेर एनआरएनले अहिले काममा जोड दिनु पर्ने बताएका छन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै, एनआरएनले अहिले कामलाई नै जोड दिईरहेको भन्दै अध्यक्ष घलेले यस्तो बताएका हुन्।

सहभागीहरुले आईसीसीको ५१औ बैठक बारे सबालहरु उठाए पछि अध्यक्ष घलेले भने, “काम भई राखेको छ न आत्तिनु होस्, बिबाद भन्ने शब्द अहिले छोड्नुहोस् ,५१ औ बैठकमा के भयो भन्ने बारे तपाईका सबै प्रतिनिधिहरुलाई अबगत नै छ। हेर्नुहोस् बैठकमा एउटा मात्र निर्णय भएको छैन,१५ बटा निर्णय भएको छ। ति १५ निर्णय मध्ये एउटा निर्णय नोमिनेशनको कुरा हो। जुन बिधान संबत छ, अहिले यति नै भन्न चाहन्छु म।”

अध्यक्ष घलेले बिबादका बिषयबारे केहि बाक्यमा टुंगाएर बाँकी समय भने एनआरएनका गतिबिधिको बिषयमा नै चर्चा गरे। बेल्जियमका गैर आबासीयहरुलाई सम्बोधन गर्दै घलेले भने,” फेरि मलाई जिताउँनु भयो, दिन गनेर काम गरिरहेको छु। मैले पहिले पनि बिश्वासको कुरा गरेको थिए,त्यसैलाई जिम्मेबारीको रुपमा लिएको छु, अहिले पनि सिरियस हुँदै बहन गरेको छु। क्रिसमसको दिनमा पनि, म मात्र हैन तपाई पनि काम गरीरहनु भएको छ, अहिले पनि हाम्रै समाजको लागि छलफल गरिरहेका छौ।”

अध्यक्ष घलेले एनआरएनले गरेको अत्याबश्यक औषधीको सहयोग,नाकाबन्धी बिरुद्द बिभिन्न देशमा भएका बिरोधका कार्यक्रमहरु,हजार घर निर्माण प्रक्रिया,आफ्नै भवन निर्माण लगायत पछिल्ला गतिबिधिहरु बारे प्रष्ट पारेका थिए। उनले युरोपमा बेलायत पछि बेल्जियमको राष्ट्रिय समन्वय परिषद बलियो बन्दै गएको भन्दै, अझ अगाडी बढ्न शुभकामाना ब्यक्त गरे। बेल्जियमबाट आईसीसी सचिव,महिला उप-संयोजक ,युरोप उप-संयोजक,आईसीसी सल्लाहकार लगायत सदस्यहरु बढ्दै जानु भनेको एनआरएन अभियानमा थप सक्रियता बढेको भन्दै प्रशंसा गरेका थिए।

राष्ट्रिय समन्वय परिषद बेल्जियमका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सचिव अर्जुन कुमार श्रेष्ठ,महिला उप-संयोजक रजनी प्रधान,युरोप उप संयोजक प्रेम गुरुङ लगायतका एनआरएन अभियन्ताहरुको सहभागिता रहेको थियो।

बेल्जियममा अध्यक्ष घलेलाई बहिष्कार हैन न्यानो स्वागत

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद पौडेलले बेल्जियममा अध्यक्ष घलेलाई छोटो समयमा पनि न्यानो स्वागत गरिएको बताएका छन्।

बेल्जियममा घलेलाई बहिष्कार भन्दै प्रकाशित भएका समाचारहरु बारे राखेको जिज्ञासामा पौडलले नेपालीनेपाली डटकमलाई भने,”सँस्थाले फलानो मान्छे आउँदा उपस्थित नहुने भनेर निर्णय गरेको छैन,आफ्नै आयोजनाको कार्यक्रममा, आँफैले कसरी बहिष्कार भन्न मिल्छ ? यो कसले कहाँ भन्यो कसरी बाहिर आयो, यो बारे थाहा छैन।”
अध्यक्ष गंगाधर गौतम काम बिशेषले नर्बे जाने भए पछि, आँफुलाई कार्यबाहक दिएर गएको भन्दै छोटो समयमा एनआरएन बेल्जियमले अन्तरक्रिया तथा घलेको स्वागार्थ कार्यक्रम सम्पन्न गरेको पौडेलले बताए।12390880_10154012981140116_2598814296559642257_nनयाँ बर्ष र क्रिसमसको समयमा व्यक्तिगत तबरबाट श्रीमती जमुना गुरुङ सहित युरोप आएका भए पनि अध्यक्ष घलेले, समय निकालेर युरोपका गैर आबासीयहरुसँग छलफल तथा अन्तरक्रिया गरेका हुन्।

लग्जेम्बर्गका गैर आबासीयहरुसँग पनि छलफल

अध्यक्ष घलेले बेल्जियमको कार्यक्रममा सहभागी बन्नु अघि लग्जेम्बर्ग स्थित गैर आबासीयहरुलाई भेटेर छलफल गरेका छन्। राष्ट्रिय समन्वय परिषद लग्जेम्बर्गले एक अन्तरक्रिया कार्यक्रमको आयोजना सहित घलेको स्वागत गरेको संघका अध्यक्ष रमेश तोयनाले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

तोयनाले अन्तरक्रिया बारे प्रष्ट पार्दै भने,” अध्यक्ष घलेजी हरेक बर्ष यो समयमा युरोप आउँनु हुने हुँदा, त्यो समयको सदुपयोग गर्दै सामान्य अन्तरक्रिया गरेका हौ। उहाँ नितान्त व्यक्तिगत रुपमा आउँनु भएको रहेछ तर केहि समय मिलाएर एनआरएनका गतिबिधि बारे छलफल गरेका हौ।”

भारतले अघोषित रुपमा नाकाबन्धी गरे पछि देशमा औषधी लगायत अत्याबश्यक बस्तुहरुको अभाव देखे पछि एनआरएनले थालेको रकम संकलन अभियानमा राष्ट्रिय समन्वय परिषद लग्जेम्बर्गले ४ हजार २ सय युरो पठाएको बारे अध्यक्षलाई जानकारी गराएको तोयनाले बताए।

अध्यक्ष घले बेलायत पनि पुग्ने

अध्यक्ष घलेले निर्माणधीन एनआरएन भवनको लागि सहयोग रकम जुटाउँन बेलायत पनि पुग्ने भएका छन्। त्यहीबाट नै दोस्रो कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका घले,पुन: निर्बाचित बने पछि, पहिलो पटक बेलायत पुग्न लागेका हुन्।

एनआरएन युकेले यही डिसेम्बर २८ तारिख सोमबार घलेको उपस्थितिमा अल्डरसटमा एक विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। युकेका अध्यक्ष मुछेन्द्र गुरुङले कार्यक्रममा सहभागी भएर भवन निर्माणका लागि आर्थिक सहयोग गर्न गैर आबासीयहरुलाई अपिल गरेका छन्। एनआरएन युकेको कार्यसमतिले अध्यक्ष घले पुग्ने भए पछि रकम उठाउँने आन्तरिक तयारी थालिसकेको छ।

आफ्नो निजि भ्रमणलाई एनआरएनको सामाजिक काममा प्रयोग गरिरहेका अध्यक्ष घलेको यो कदमलाई, धेरै गैरआबासीयहरुले स्वागत गरेको भए पनि, कतिपयले भने, अकस्मात कार्यक्रमहरु तय हुँदा,जानकारी पनि पाईएन भन्दै खल्लो महसुस पनि गरेका छन्।