पोर्चुगलबाट मृगौला पिडितको अपिल,”हरेक हप्ता मरिरहेको छु नयाँ जीवन दिनुहोस् “


वसन्त रानाभाट/ बिगत ५ बर्ष देखि पोर्चुगलको लिस्बनमा बस्दै आएका पर्बत सालिजा-४ भोटेडाँडाका ३२ बर्षिय जया सुबेदीलाई, दुवै मृगौलाले काम गर्न छाडे पछि ठुलो संकट परेको छ। कमाउँने र परिबारको भविष्य सुनिश्चित गर्ने बेलामा रोगले समाते पछि संकट परेको हो। सुबेदीले लिरिबस किड्नी सेन्टर र बेन्फिका लिस्बनबाट हरेक हप्ता, ३ पटक डाईलोसिस गराउँदै आएका छन्।

नयाँ जीवनको लागि मृगौला प्रत्यारोपण नै बिकल्प रहेकाले यसैको खोजीमा भौतारीरहेका छन्। स्वास्थमा थप जटिलता आउँन नदिन, प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम,पिडित सुबेदीले त्यसकै निम्ति सहयोग याचना गरेका छन्।

सुबेदी भन्छन्,”युरोप भने पनि सबै किसिमका उपाचार आँफुले चाहाने बित्तिकै हुने रहेनछ,पोर्चुगलको हकमा मृगौला प्रत्यारोपणका लागि करिब एक दशक नै पर्खनु पर्ने बाध्यता भयो ,तर यति लामो समय सम्म डाईलोसिस गराएर हरेक हप्ता जिएर पनि मर्नु पर्ने बाध्यता छ।” मर्छु नै भन्न, सकिने रहनेछ,सुबेदीले नेपालीनेपाली डटकमसँग टेलिफोनमा निकै भाबुक हुँदै भने, “संसारभरका नेपालीहरुले सहयोग गरिदिनु भयो भने  नेपाल वा दिल्लीमा नै पुगेर मृगौला प्रत्यारोपण गराउँछु। तर ठुलो रकम लाग्ने रहेछ,आर्थिक अभावले परिबारबाट सम्भव भएन,त्यसैले जीवन रक्षाको लागि सहयोगको याचना गर्न चाहन्छु।”

सहयोग संकलन कार्य सुरु

युरोपबाट कलम चलाईरहेका पत्रकारहरुले बिभिन्न अनलाईन मिडियाहरु मार्फत पिडितको बारेमा समाचार प्रकाशित गरे पछि, सहयोग रकम संकलन उठाउन सुरु भएको छ। यसै साता संकलन कार्य सुरु भए पनि, ८ हजार युरो भन्दा बढी रकम संकलन भईसकेको छ।

बिशेष त बेल्जियमबाट सिता सापकोटा र यासु सापकोटा, स्बिजरल्याण्डबाट गुणराज शर्मा,बिजय शर्मा दर्पण, निराजन श्रेष्ठ लगायतले रकम संकलनका लागि पहल गरिरहेका छन्। यस्तै एनआरएनए अभियन्ताहरु जीवा लामिछाने,कुल आचार्य लगायत नेदरल्याण्ड,बेलायत,डेनमार्क,रसिया,अष्ट्रिया र पोर्चुगलमा रहेका नेपालीहरुले सुबेदीको उपाचारका लागि सहयोग गरेका छन्। रकम संकलन कार्य अझै पनि जारी रहेको छ।

४- ५ घण्टा नसुती काम गर्थे

पैसा कमाउँन भनेर विदेश छिरे पछि कहिल्यै पनि, आराम गर्नु पर्छ भन्ने ख्याल नगरेको सुबेदी बताउँछन्। उनि भन्छन्,” एउटा रेष्टुरेन्टमा बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म किचनमा काम गर्थे। फेरि अर्को ठाउँमा काम गर्दा साँझ ५ बजे देखि राती २ नै बज्थ्यो। परिबारका लागि २ -४ पैसा जोगाउँछु भन्दा ४-५ घन्टा आरामले सुतिएन।तर अहिले आएर यस्तो पिडा भोगिरहेको छु।”

11043059_1553698281573192_6370428268858789466_n अस्पतालमा २७ दिन बसेर,मृगौला फेल भएको थाहा हुँदाहुँदै पनि केहि महिना बाध्यताले काम गरेको उनले सुनाए। आफ्नो पेपर ( रेसिडेन्सी कार्ड) बने पछि श्रीमतीलाई पोर्चुगल ल्याउँनका लागि बिरामी अबस्थामा पनि काम गरेको तर आएको २ महिना पछि,आफ्नो सम्पर्कमा नरहेको पनि दुखेसो सुबेदीले पोखे । १० बर्ष अघि बिबाह गरेका सुबेदीकी ७ बर्ष कि छोरी भने नेपालमा नै रहेकी छन् । सुबेदीको परिवारमा ६ दाजुभाई र २ जना दिदीबहिनी रहेका छन्।

बाँचेमा केहि गर्छु

नयाँ जीवन पाएमा परोपकारी कामका लागि समय खर्चने सुबेदी बताउँछन्। उनले भने,”जीवनमा नसोचेको घटना भयो,हिजो पनि समाजमा धेरैका लागि सहयोग गरेको छु ,तर फेरि नयाँ जीवन पाएमा,परोपकारी काममा लागि समय खर्चने छु।”

डाईलोसिस गर्दा हरेक हप्ता मरिरहनु पर्ने पिडा सुनाउँदै, सबैको सहयोग पाएमा नयाँ जीवन लिएर, अब एकै पटक मात्र मर्न चाहेको भावानात्मक बह सुबेदीले पोखेका छन्।