बार्सिलोना/ नबोदित गायक सुरज मैनालीले आफ्नो नयाँ गीत “बिझाउने काँडा..” लाई बार्सिलोनाको एक साँगीतिक कार्यक्रम बीच प्रस्तुत गरेका छन्। प्रबिण प्रसाईको संगित र रोजी लाबुङ् राईको रचनामा रहेको गीत लाईभ सुनाउँदै गायक मैनालीले सार्वजनिक गरेका हुन् ।
पुर्बेली नेपाली एकता समाज र अन्तर्राष्ट्रिय कलाकार समाज स्पेनको आयोजनामा आईतबार सम्पन्न कार्यक्रममा मैनालीले आफ्नो बियोगान्त गीत सुनाउँदा दर्शकहरु निकै भाबुक मुद्रामा देखिए। संजय बिक्रम शाहको निर्देशनमा स्थानीय कलाकारहरुलाई समेटर सोही गीतको म्युजिक भिडियो समेत केहि दिन भित्र सार्बजनिक हुँदैछ।






I thank you very much for your good proformence.
Comments are closed.