उनि आईना हैनन्,”नेपाली समाज कि ऎना हुन्”


वसन्त रानाभाट,/ केही समय पहिले म आँफूले काम गरेर घर फर्कदा,राती १२ बजिसकेको हुन्थ्यो। अरु दिन त भन्न सक्तिन तर शुक्रबार र शनिबारको देखिने दृश्यहरु साह्रै गजवका लाग्थे। प्राय: कलेज भर्खर सुरु गरेका युवा- युवतीहरु बाटामा यति रमाईलो गरेका देखिन्थे,सायद दुनियाँमा खुशी र मनोरन्जन छ त केवल तिनीहरुलाई मात्र छ जस्तो लाग्दथ्यो।

युरोपका प्राय: देशहरुमा युवा युवतीहरु यस्तै प्रचलन देख्दै आएको छु। साँझ भयो, यसो आफ्नो ग्रुप बनेर हिडडुल,खान पिउँनमा नै जोड। बार रेष्टुरेन्टमा गएर धेरै खर्च गरेर मात्र हैन,कतै पार्क वा सडक छेउछाउ हातमा बियर,चुरोट,रमाईलो गफगाफ यस्तै यस्तै। स्कुल,कलेज युनिभर्सिटी व्यस्तै बन्छन् ,फेरि  काम छ भने ईमान्दारी पूर्ण निभाउँछन्,समयमा नै जान्छन् र समयमा नै फर्कन्छन्।तर आफ्नो छुट्टीको समयलाई भने बडो गजवले प्रयोग गरेको देखिन्छ।

चाहे हप्ता भरी कमाएको,दुई दिनमा नै सबै खर्च भएर जाओस् , त्यसको खासै कुनै प्रबाह छैन तर खुशी चाहियो। रमाईलो गर्नु पर्यो,साथीभाई सँग बसेर खाएर आनन्द लिनु पर्यो।

यिनै कुराहरुबाट सुरुवात गर्दै गर्दा, त्यही उमेर समुह कि एक स्पेनिस चेली आईना बार्काको बारेमा थप आज केही लेख्न मन लागेको छ। उनको बारेमा यस अघि पनि , “स्पेनकी आईना भन्छिन्-नेपाली बालबालिकाहरुको खुशी नै मेरो सबै थोक हो।” शिर्षकमा समाचार प्रकाशित भईसेकको छ।

आईना बार्का उनि मात्र अहिले २४ बर्षकी भईन्। नेपाल पुगेर सुस्त मनस्थिति वा मानसिक रुपमा अपाङ्ग भएका बालबालिकाहरुका लागि हेटौडा -७ मा दुई कोठे स्कुल खोलेकी छन्। हेटौडाली परिबार नामक गैर सरकारी सँस्था चलाउँदै १८ जना बालबालिकाहरुलाई आशा नामको एक स्कुलमा राखेर पढाउँदै आएकी छन्। यो बारे यसअघिको समाचारमा पूर्ण रुपमा नै जानकारी छ।

माथि सुरुवातमा उल्लेख गरे झैँ ,हिड्ने डुल्ने खाने पिउँने रमाईलो गर्ने त्यही उमेर समुह कि र युरोपको परिवेशमा हुर्केकी आईना, आफ्नो २० बर्षको कलिलो उमेरमा नै नेपाल पुगेर,अहिले २४ बर्षको उमेरमा आईपुग्दा यति धेरै काम गरेको थाहा पाएपछि निकै अचम्मित बनेको छु। हाम्रा देशका ति फरक प्रकृतिका बालबालिकाहरुका भविष्यको लागि चिन्ता ब्यक्त गर्दै,उनीहरुको भविष्यको लागि रातदिन मेहनत गरेको सुन्दा अचम्म लागेको हो।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

उनकै उमेर समुहका सहेलीहरु यसरी रमाईलो सँग जिन्दगी जिएको देख्दा र आईनाका संघर्षका पलहरु सुन्दा आज केहि कोर्न मन लागेको हो। युरोपकी एउटी युवती आफ्नो सुख सयल सबै छोडेर,मेरो देशकाबालबालिकाहरुको भविष्य बारे सोचिरहँदा,विदेश पलायन भएका म र हामी जस्ता युवाहरुसँग,सायद देशले प्रश्न गरिरहेको होला। मनलाई साक्षी राखेर उत्तर लेखु भने, म आँफुलाई यति बेला अलि लज्जित महसुस भने गरेको छु। तर बाध्यता,अबस्थाहरु भने आफ्नै ठाउँमा होलान्।

आईनाको बारेमा समाचार प्रकाशित भए पछि पनि मैले उनीलाई बार्सिलोनामा तिन पटक भेटिसकेको छु। छोटो समयमा यति धेरै पटक भेटघाट गर्नुको कारण पनि एउटै छ उनले डिसेम्बर ११ तारिक शुक्रबार बार्सिलोनामा आयोजना गर्न लागेको कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने बारे तयारी गर्न।

नेपाली समुदायको उपस्थिति कसरी गराउँन सकिन्छ ? खासमा आईना को हुन् ? कस्ती रहेछिन् ? राम्रो सँग बुझ्ने र जान्ने अबसर पनि भेटबार्ताले गराई दियो। प्रत्येक भेटमा म सँगै ,गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीको पनि सहभागीता रहेको छ।

भेटको सुरुवातमा उनले भनिन्, मेरो त आजभोलि दिनको ५० भन्दा बढी त फेसबुकमा फ्रेन्ड रिकोयस्ट आउँन थालेको छ। तपाईको समाचार पछि धेरै जनाले सम्पर्क पनि गर्नु भएको छ। आशा छ हाम्रो कार्यक्रममा पनि धेरै जना आउँनु होला। सायद ४० जति मेरा स्पेनिस साथीभाई,आँफन्तहरु त पक्कै आउँनु हुन्छ,नेपालीहरु दाजुभाई दिदीबहिनीहरु पनि आईदिनु भयो भने अझ राम्रो हुने थियो।”

स्कुलका बालबालिकाहरुको कुरा चलीरहँदा ,भूकम्प र नाकाबन्धीको कुरा उठी हाल्यो। आईनाले नेपालमा भूकम्प जाँदा झेल्नु परेको मानसिक तनावलाई हामी बीच जोडिन्। उनको बिश्वास र मन देख्न्दा, उनि आईना हैनन्, “नेपाली समाज कि ऎना हुन्” भन्ने मेरो ठम्याई छ।

12038896_10206101419033252_8118432863439510811_oआँफू सँग भएको रकम सकिए पछि २०, अप्रिल २०१५ मा आईना स्पेन फर्केकी रहेछिन्।अर्थात्  नेपालमा विनाशकारी भूकम्प जानु भन्दा ४ दिन अघि सम्म उनि नेपालमा नै थिईन्। स्पेन आएको चार दिन पछि यानिकी, २४ अप्रिल,बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो। त्यस पछि उनको होस्  हवास नै उड्यो। उनको शब्दलाई यहाँ उतार्दा भन्छिन्,” म त्यस पछि राम्रो सँग सुत्न सकिन,स्कुल र बालबालिकाहरुको बारेमा धेरै सोचे। टिभीमा देश नै भत्केको देख्दा मन थाम्न सकिन। सम्पर्क गर्ने कोशिस गर्दा फोन पनि लागेन।”

आईनाको हर- तवरबाट कोशिस नेपाल फर्कनु नै रहेछ। त्यसैले सबै भन्दा पहिले परिवारमा कुरा राखिन्। तर सबैले उनलाई ‘पागल’ भन्न लागे। अहिले नेपालमा के भईरहेको छ त्यो पनि राम्रो सँग थाहा छैन ,पूर्ण क्षतिको बिबरण आएको छैन। टेलिभिजनमा भत्केको,पुरिएको देखाईरहेको छ। त्यस्तो बेलामा एक जवान छोरी नेपाल जान्छु ,भन्दा परिबारमा खैला बैला हुनु स्वभाबिक पनि थियो।

10541415_523535984443650_6503075614140600604_oमैले आईनालाई सोधे, “भूकम्पको बेलामा नेपालीहरु पनि सोच बिचार गरेर,अबस्था हेरेर घर पुगेका थिए, तर तपाई परिबारले न जा भन्दा पनि किन जाने निर्णय लिएको ? आईनाले भनिन्,” हेटौडामा खोलिएको स्कुल,त्यहाँका बालबालिका र कर्मचारीहरु सबै मेरा परिबारका सदस्यहरु नै हुन्। मेरो पूर्ण परिबार नेपालमा नै छ। परिबारलाई दुख पर्दा म समयमा पुग्ने कि नपुग्ने ? यदी म नेपाल भएको बेला,स्पेनमा पनि त्यस्तै भूकम्प गएर,ठुलो विपत्ति पर्यो भने,म तत्काल स्पेन आउँने न नआउँने ? आईनाले उल्टै मलाई प्रश्न गरिन्।

बैखाख १२ को भूकम्प पछिको ४ दिन पछि आईनाले टिकटको चाजो पाँचो मिलाउँदै नेपाल फर्कि छाडिन्। जानु भन्दा अगाडि स्पेनिस साथीभाई कोहि खुशी थिएनन्। त्यसैले कसै सँग कुरा गरिनन्। एक जना नेपाली साथी सँग भेट गरिन् उनले पनि अबस्था हेरेर निर्णय लेउ भने। सायद आईना नेपाल जाँदै गर्दा,उता घुम्न गएका विदेशी पर्यटकहरु भूकम्पबाट आँफू बाँचेको महसुस गर्दै आफ्नो घर फर्किएका थिए होला। तर उनि भत्केको नेपाल देख्दै,दुखको सामाना तिनै बालबालिकाहरु सँगै बसेर गर्न चाहिन्।

11222440_743622925768287_4015103139036032229_o तर उनि त्यो बेलामा आफ्नो बाबाको अनुहारमा, एउटा फरक किसिमको डर र रिस देखेकी थिईन् उनले। भन्छिन् “पहिले यस्तो कहिँले पनि देखेकी थिईन् , म जाने नै भए पछि, बाबाको अनुहार अर्कै भएको थियो,कता कता डराए जस्तै, म सँग सार्है रिसाए जस्तै,जन्मे देखि नै, त्यो भन्दा पहिले, यस्तो अबस्थाको सामान कहिल्यै गरेकी थिईन्।”

दोश्रो पटक भूकम्पको सामाना आईनाले उतै गरिन्। उनको २४ घण्टा जस्तै हातमा मोबाईल नै हुन्थ्यो। स्पेनबाट घर परिबार,आँफन्त,साथीभाईहरुले फोन गरिरहन्थे। तर बिस्तारै अबस्था सामान्य बन्दै गयो। यता परिवारमा पनि अब छोरीलाई केहि हुँदैन भन्ने भयो।

हामी प्रबासमा धेरै लामो समय सम्म बस्छौ,समाचारको आधारमा देशमा यस्तो भएको छ,पिडा भएको छ,दुख छ भन्छौ तर आईनाले सबै त्यता सबै भोगेकी छन्। सन् २०१२ यता देशमा भएका सबै प्रकारका संकटहरुको सामाना गरेरी छन्, राम्रै ज्ञान पनि छ। केहि दिन अघि मात्र उनि स्पेन आएकी हुन्। बर्ष २०१५ मा मात्र करिब ७ महिना नेपालमा नै बसेकी छन्।  अब फेरि डिसेम्बर २८ तारिक नेपाल फर्कदै छन्। हाम्रो गफगाफ अब नाकाबन्धी तिर मोडियो। 10694391_551875998276315_5443129358234914645_oमलाई उनले सोधिन्, नेपाल नगएको कति भयो ? भन्न अलि सकस लाग्यो तर अब आउँने दशै तिहार मनाउँन जाने कुरा सुनाए। त्यसो भए, हेटौडा स्कुल हेर्न पक्का आउँनु होला है।आईनाले भनिन्।  उनले अहिलेको कठिनाईको बारेमा मलाई बताउँन पनि कति भयो,नगएको भनेर सोधेकी रहेछिन्। बालबालिकाहरुलाई टेम्पोबाट ३५ मिनेट यात्रा गर्दै स्कुलमा ल्याउँनु पर्ने रहेछ। पेट्रोल पाईदैन,नाकाबन्धीको समस्या समाधान भएन भने त धेरै गाह्रो छ आईनाले सुस्केरा हालिन्।

टेम्पोको पनि छुट्टै ब्यथा छ। क्षमता १२ जनाको तर यात्रा गर्दा २१ जनाले गर्नु पर्ने। ल्याउने र लाने गरि मासिक रुपमा २० हजार रुपैयाँ भाडा बुझाउँनु पर्ने रहेछ। यदी दुई ट्रिप गर्दै ओसार्यो भने फेरि डबल खर्च हुने भयो। त्यसैले एकैचोटीमा २१ जनाले यात्रा गर्ने रहेछन्। आँफू अन्तिममा झुण्डिएर यसरी समातेर यात्रा गर्छु भन्दै आईनाले उठेर देखाईन्।

एउटा टेम्पो किन्दा सजिलो हुन्थ्यो कि भनेर सुझाव त दियौ,तर उनलाई त्यस्तो भने जस्तो सजिलो रहेनछ। त्यसैले उनि आर्थिक रुपमा कसरी चलेकी छन् त ? त्यो राम्रो सँग बुझ्न जरुरी छ। रहर त उनलाई पनि रहेछ,नि नेपालमा एउटा मोटरसाईकल चढ्ने ? तर व्यक्तिगत ईच्छा आकाक्षा सबैलाई मारेर, उनि मेहनत गर्दै स्कुल नै धानिरहेकी छन्। झट्ट हेर्दा हाम्रो बुझाई त्यस्तै हुन्छ,बिदेशी सँग धेरै पैसा हुन्छ,जे चाहो त्यही पुरा गर्न सक्छन्। तर आईनालाई सुन्दै जाँदा बाताबरण अलि भाबुक बन्यो। 11060955_10204948813898844_3528185358816373364_oनेपालमा आशा स्कुल संचालन गर्नु अघि उनि स्पेनमा काम गर्थिन् तर उतैको ब्यस्थताले काम गर्न सकिनन्। आँफू एक सामान्य परिबारमा जन्मेको आईना बताउँछिन्। नेपालमा हेटौडाली परिबार नामक गैर सरकारी संस्था दर्ता गराएर चलाएकी छन् त्यो सबै स्पेनिस साथीभाई आफन्तहरुको सहयोगबाट नै। उनिलाई मासिक रुपमा सहयोग गर्ने करिब १ सय जति सहयोगी रहेछन्। हरेक महिनामा पाँच युरो,दश युरो,पन्ध,बिस गर्दै आफ्नो ईच्छाले सहयोग गरेका रहेछन्।

एउटा फारम उपलब्ध रहेछ,आफ्नो बैङ्कको बिबरण भरे पछि महिनै पिच्छे आँफुले चाहेको रकम सहयोग गर्न सकिन्छ। तर सहयोग गर्ने दाताहरु परिबर्तन भई रहन्छन्। कसैले बीचैमा नै छोड्ने गरेका पनि छन्। आईनाका अनुसार यस्तै सहयोगबाट मासिक रुपमा १ लाख रुपैयाँ जति जम्मा हुन्छ। यही पैसाले हरेक महिना नेपालमा स्कुलको खर्च चलेको छ। उनका अनुसार मासिक रुपमा ७० हजार रुपैयाँ जति स्कुल चलाउँन रकम आबश्यक छ।

यस अघि पनि उनले बिभिन्न कार्यक्रमहरु गरेर रकम संकलन गर्दै स्कुल बनाउँन सकेकी हुन्। हरेक पटक एकै प्रकारका कार्यक्रमहरु गरिरहँदा पनि रकम संकलन हुने सम्भाबना कम हुन्छ। तर पनि कहिल्यै हार मानिनन् सधैँ सकारात्मक सोचका साथ अगाडि बढि नै रहिन्। कार्यक्रमहरु र साथीभाईहरुको सहयोगबाट नै स्कुल स्थापना गर्न सके कि हुन्। त्यसैले अहिले स्कुलमा १८ जना सुस्तमनस्थिती भएका असाधरण बालबालिकाहरुले शिक्षा पाई रहेका छन्। फिजियोथेरापिष्ट र शिक्षिकाहरु सहित पाँच जना कर्मचारीहरु समेत स्कुलमा रहेका छन्।

1532146_10201729961629549_939653176_nतर स्कुलमा अन्य धेरै बालबालिकाहरु आउँन चाहन्छन्। तर स्कुलको क्षमता छैन। त्यसैले आईनाले अहिले झन् ठुलो कदम उठाएकी छन्,अब स्कुलको क्षमता बढाउँन अन्य कोठा निर्माण गर्ने। अब लगत्तै नेपाल पुगेर काम थाल्ने आँट गर्दै आईनाले भन्छिन्,”मलाई कसैले रोक्न सक्दैन, न भूकम्पले न त नाकाबन्धीले नै,काम जसरी नि पुरा गर्नु छ। सपना धेरै बाँकी छ,आशा स्कुलमा आउँन धेरै बालबालिकाहरु पर्खाईमा छन्।”

आईनाका यति धेरै संघर्षका कथाहरु सुनीरहँदा,उनीलाई प्रबासमा रहेका हामी नेपालीहरुलाई खुलेर सहयोग गर्न जरुरी छ।  बिशेष गरी दश हजार नेपालीहरु बसोबास गर्ने अनुमान गरिएको स्पेनको नेपाली समुदायले, उनीलाई निरन्तर सहयोग गर्नु पर्छ । उनको स्कुलको सपना १ महिना,१ बर्ष वा केहि बर्षहरुको लागि मात्र हैन। आज १ सय जना स्पेनिसले मासिक केहि युरो सहयोग गरेर हरेक महिना स्कुलको खर्च जुटेको छ। तर अब प्रबासमा रहेका हामी नेपालीहरुले पनि उनले गरेको काममा किन साथ नदिने ? 11741033_10205594761047119_2051361338779396839_oहामी देशको स्थिति बिग्रियो भन्दै हामी प्रबासमा गल्लीमा चिया गफ गर्छौ तर यो घडीमा पनि आफ्नो जीवन र भविष्यको कुनै प्रबाह नगरी, हाम्रो गाउँ छिर्ने यी चेलीलाई किन सहयोग नगर्ने ? आज हामी बेल्जियम,स्पेन,डेनमार्क,पोर्चुगल,जर्मनी जस्ता देशहरुमा यतैको भाषा राम्रो बनाउँन सके स्तरीय काम पाईएला भन्दै आफ्नो भविष्य सोचिरहेका बेला,यी २४ बर्षिय चेलीले नेपाली गुरु राखेर हेटौडामा कखरा सिक्दै आएकी छन्।

उनि स्पेनकि आईना हुन् तर नेपाली समाज कि भने ऎना बनेकी छन् । उनको सपनालाई नेपालको कुनै पनि अबस्थाले रोकेको छैन। न भूकम्पले रोकेको छ न त  नाकाबन्धीले। त्यसैले सपना पुरा गर्न फेरि नेपाल फर्कदै छन्। तर अलिकति बोझ हामीले पनि लिने कि ?

 

तपाईको प्रतिक्रिया