यस्तो छ बार्सिलोना फुटबल क्लबलाई आर्थिक संकट


बार्सिलोना/ इंलिस प्रिमियर लिगले आँखा लगाएका दुई खेलाडी लियोनल मेस्सी र नेइमारलाई जोगाउन यतिबेला बार्सिलोनालाई मुस्किल पर्ने देखिएको छ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आगामी सिजन मेस्सीलाई भित्र्याउन चाहन्छ भने म्यानचेस्टर युनाइटेडको नजर नेइमारमाथि छ । बार्सिलोना आफ्नो क्लबका सदावहार नायक मेस्सी र पछिल्लो समय निकै लयमा देखिएका नेइमारलाई क्लबमा राख्न चाहन्छ । तर, पछिल्ला तीन ६ वर्षमा तीनवटा युरोपेली च्याम्पियन्स लिग जितेको बार्सिलोना आर्थिक समस्याका कारण पिरोलिएको छ ।

मैदानभित्र बार्सीलोनाको प्रदर्शन उल्लेखनिय देखिएपनि मैदानबाहिर यो क्लबले ठूलो आर्थिक भार उठाउनुपरेको छ । बार्सिलोनाले गत सिजनमात्रै तीनवटा उपाधी जित्ने क्रममा ६ सय ८ मिलियन युरो खर्चियो । क्लबमा आर्थिक सन्तुलन नमिल्दा दुई प्रमुख खेलाडीलाई कसरी जोगाउने भन्ने चिन्ता यतिबेला बार्सिलोनालाई छ । बार्सिलोनाले आफ्नो आम्दानीको ७३ प्रतिशत खर्च गर्ने गरेको छ ।

यो अनुपात क्लबले कम खर्च गर्नका लागि आफैँ बनाएको आर्थिक नियमावलीको तुलनामा धेरै बढी छ । यदी खर्चको अनुपात घट्न सकेन भने अहिलेको बार्सिलोनाको व्यवस्थापनले दुई वर्षभित्र क्लब छाड्नुपर्ने हुन्छ । आगामी सिजनका लागि अहिलेसम्म बार्सिलोनाले कसैसँग सम्झौता गरेको छैन् ।

बार्सिलोनाले सन् २०१३ मा कतार एयरवेजसँग गरेको पछिल्लो सम्झौताको करार पनि आगामी वर्ष समाप्त हुदैँछ । प्रत्येक सिजन सम्झौतामा ५७ मिलियन युरो बढाउनुपर्ने बार्सिलोनाको अडानप्रति कतार एयरवेज पनि सकारात्मक छैन् । बार्सिलोनाले पछिल्लो समय मैदानभित्र थुप्रै सफलता हात पारेको छ । तर ति सबै सफलता क्लबका लागि महंगो साबित भएको छ । प्रत्येकपटक च्याम्पियन्स लिग जित्दा क्लबका प्रत्येक कर्मचारी र खेलाडीलाई ठूलो बोनस दिनुपर्ने हुन्छ । उदाहरणका लागि मेस्सीले बार्सीलोनामा प्रत्येक वर्ष तलबबाट २१ मिलियन युरो कमाउँछन् ।

तर गत वर्ष बार्सीलोनालाई तीन उपाधी जिताएपछि मेस्सीलाई त्यस रकममा थप ४ मिलियन बोनस स्वरुप क्लबले उपलब्ध गरायो । बार्सीलोनाले गत वर्ष च्याम्पियन्स लिगको उपाधी जितेपनि यसमा सहभागि भएर घाटा व्यहोर्यो । घरेलु मैदान क्याम्प नोउ रंगशालाको मर्मतका लागि समेत बार्सीलोनाले ठूलो रकम खर्च गर्नुपर्ने भएको छ । दुई वर्षभित्र रंगशाला पुर्ननिमार्णको काम सुरु हुनेछ र ७ वर्षपछि यो रंगशालाको पुर्ननिमार्ण सम्पन्न हुनेछ ।

तर त्यसका लागि बार्सिलोनाले काम सुरु गर्नुअघि ६ सय मिलियन युरो निमार्ण कम्पनीलाई तिर्नुपर्ने हुन्छ । बार्सिलोनाले आफ्नो घरेलु मैदानको दर्शक क्षमता बढाएर १ लाख ५ हजार अट्न सक्ने बनाउन लागेको छ । त्यस्तै टोलीको बि टिमका लागि टेनिंग ग्राउन्डमा अर्को रंगशाला निमार्ण हुदैँछ । पुरानो मिनि रंगशालाको ठाँउमा बार्सिलोनाले नयाँ बास्केटबल एरिना पनि निमार्ण गर्दैछ । यस परियोजनाका लागि खर्च गर्न लागेको बार्सिलोनाले टेलिभिजन सम्झौताबाट पनि पर्याप्त कमाउन सकेको छैन् ।

यद्यपी बार्सिलोना र रियाल म्याडिडले प्रत्येक सिजन टेलिभिजन सम्झौताबाट १ लाख ४० हजार युरो पाउने बताइएको छ । तर बार्सिलोना स्पेन बाहिर पनि सम्झौता गर्न चाहन्छ । त्यसका लागि प्रिमियर लिग क्लबहरुसँग बार्सिलोनाको व्यवसाहिक सम्झौता अघि बढेको छ । तर प्रिमियर लिगकै दुई टोली अहिले बार्सिलोनाका दुई स्टारमाथि आँखा लगाइरहेका छन् । मेस्सी र नेइमार दुबै बार्सीलोना छाड्न चाहदैँनन् ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ पनि दुबैलाई बेच्ने पक्षमा छैनन् । तर आर्थिक समस्याका कारण उनको अडान लचिलो बन्दै गएको छ । नेइमार र मेस्सीका प्रतिनिधिहरुले सम्झौतामा केही खुकुलो हुनसक्ने संकेत भने गरेका छन् । त्यस्तै मेस्सी र नेइमारलाई बेच्न क्लब तयार भएको अवस्थामा अन्य क्लबमा यि खेलाडी जानसक्ने विषयमा पनि उनीहरुका प्रतिनिधि सकारात्मक देखिएका छन् ।

नेइमार अहिले बार्सिलोनामा आफ्नो ५ वर्ष सम्झौताको मध्यतिर पुगे । उनले सन् २०१३ मा ५ वर्षे सम्झौता गरेका थिए । अहिले क्लबले उनको सम्झौता नविकरण गर्न चाहेको छ । उनले अहिले बार्सिलोनामा १४ मिलियन युरो तबल लिदैँ आएका छन् । तर उनको तलब बढाएर अब क्लबका सर्वाधिक आम्दानीकर्ता लियोनल मेस्सीको नजिक पुर्याउनुपर्ने अवस्था छ ।

प्रिमियर लिगमा सरुवा हुन चाहेमा नेइमारका लागि निकै ठूलो तलब खर्चन क्लबहरु तयार हुनेछन् । मेस्सीको सम्झौता पनि सन् २०१८ मा सकिनेछ । क्लबले यही तीन महिनाभित्र उनीसँग सन् २०२० सम्मको सम्झौता गर्न चाहेको छ । उनले बार्सिलोनामा २१ मिलियन युरो कमाउँछन् । क्लब उनको तलब बढाउन चाहन्न तर उनको इमेज राइटस् र उनले प्राप्त गर्ने बोनस बढ्नेछ ।

आफ्ना दुई खेलाडीलाई क्लबमा राख्न बार्सिलोनाले अब बैँकको सहयोग लिनेछ किनकी दुई स्टार खेलाडीलाई अन्यत्र बेच्दा पनि क्लब व्यवस्थापनले समर्थकहरुको ठूलो रिस खेप्नुपर्नेछ । बार्सिलोना आफ्ना सदस्यहरुको स्वामित्वमा चल्ने क्लब भएका कारण पनि यस क्लबमा विदेशी लगानी भित्र्न सक्दैन । जबकी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अबुदाबी र चीनको राजधानीबाट पर्याप्त पैसा भित्र्याउन सक्छ । बार्सिलोनाले भने पैसा संकलनका लागि समेत नयाँ उपाय अबलम्बन गर्नुपर्ने आवश्यकता छ ।

बार्सीलोनलो नाइकसँगको सम्झौतालाई पुनरावलोकन गर्दै थप पैसा माग्ने योजना राखेको छ । अहिले बार्सिलोनाले नाइकबाट ३० देखी ३५ मिलियन युरो वार्षिक कमाउँदै आएको छ । तर सन् २०१८ सम्म यो सम्झौता नवीकरण गर्न नमिल्ने प्रावधान पनि छ । बार्सिलोनाले अहिले ल्याएको योजना भनेको आफ्नो रंगशालाको नाममा अन्यलाई प्रायोजन गर्न दिने योजना हो । बार्सिलोनाको क्याम्प नोउ रंगशालामा आफ्नो नाम झुन्ड्याउन चाहनेले यो क्लबलाई अनुमानित १४ मिलियन पाउन्ड वार्षिक उपलब्ध गराउनुपर्नेछ । कतार एयरवेजसँग सम्झौता पुनरावलोकन गर्दै जर्सीको नयाँ प्रायोजन सम्झौता गर्नुपर्ने चटारो पनि बार्सिलोनालाई छ ।

अध्यक्ष जोसेप र मार्केटिंग उपाध्यक्ष मानेल आरोयो गत अक्टोबरमा दोहा गएका थिए । तर कतार एयरवेजसँगको ४२ दशलमव २ मिलियन पाउन्डको सम्झौता संभव नहुदाँ उनीहरु खाली हात घर फर्किए । बार्सिलोनाले तयारीका क्रममा प्रयोग गर्ने पोशाकमा कतार एयरवेजको नाम नराख्ने सम्झौता गर्न लागेको थियो किनकी बार्सिलोना अभ्यासमा प्रयोग हुने पोशाकका लागि भिन्नै कम्पनीसँग सम्झौता गर्न चाहन्थ्यो । तर बार्सिलोनाको यो प्रयास सफल भएन ।

बार्सिलोनाका यि सबै कठिनाईहरुका कारण क्लबलाई खेलाडी स्थानान्तरणको बजारमा भूमिका खेल्न दबाब हुनेछ । केही महिनाअघि बार्सिलोनाले पेड्रोलाई २१ दशलमव १ मिलियन पाउन्डमा चेल्सीमा बेचेको थियो । आगामी जनवरीमा बार्सिलोनाका प्रशिक्षक लुईस इन्रिक्युले सेल्टा भिगोका फरवार्ड नोलिटोलाई क्लब भित्र्याउन चाहेका छन् । आर्सनल पनि नोलिटोको पछाडी दौडिएको छ ।

यदी आर्सनल र बार्सिलोना दुबैको प्रत्यक्ष दाबी यि खेलाडीमा पर्यो भने बार्सिलोनालाई पछि पार्दै आर्सनल सफल हुनेछ किनकी सेल्टा भिगोले राखेको १२ मिलियन पाउन्ड मूल्य चुकाउन सक्ने अवस्थामा बार्सिलोना छैन् । बार्सिलोनाको आँखा युभेन्टस्का स्टार पाउल पोग्बामा पनि छ ।

तर यि प्रतिभावान् प्लेमेकरलाई टोलीमा भित्र्याउन बार्सिलोनाले ७० दशमलव ५ मिलियन पाउन्ड युभेन्टस्लाई तिर्नुपर्नेछ । यस्तो अवस्थामा पाउल पोग्बा पनि बार्सिलोना जाने संभावना छैन् । उनका लागि पनि नयाँ गन्तव्य इंलिस प्रिमियर लिग नै हुनेछ । बार्सिलोनाले अहिले जोन स्टोन्सलाई पनि आफ्नो क्लबमा भित्र्याउने योजना बनाएको छ । तर यदी एभर्टनले स्टोन्सका लागि गत वर्ष चेल्सीसँग मागेकै रकम बार्सिलोनासँग माग्यो भने बार्सिलोना उनलाई भित्र्याउन सफल हुनेछैन् । बार्सिलोनाले जेरार्ड डिउलोफियूलाई एभर्टनबाट फेरि आफ्नै क्लब भित्र्याउन सक्नेछ ।

बार्सिलोनाकै पूर्व खेलाडी जेरार्डलाई ६ दशलमव ३ मिलियन पाउन्डमा क्लब भित्र्याएर फेरि अर्को क्लबमा बेच्ने काम गर्न सक्नेछ । तर यि सबै प्रयासका बाबजुद पनि बार्सिलोनाको कठिनाई सहजै समाधान हुनेछैन् । दबाबका बीच बार्सिलोना मेस्सी वा नेइमारमध्ये एकलाई इंलिस प्रिमियर लिगमा बेच्न बाध्य हुनसक्छ ।स्रोत:- रातोपाटी