काठमाडौ/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजकमा पुन: रसियाबाट सपिला राजभण्डारी निर्बिरोध निर्बाचित बनेकी छिन्।
संयोजक पदमा रसियाबाट राजभण्डारी मात्र उम्मेद्वारी परे पछि निर्बिरोध बनेकी हुन्। तर महिला उप- संयोजकका लागि बेल्जियमबाट रजनी प्रधान र ईजरायलबाट भगवती बस्नेतको उम्मेद्वारी परेको छ।
एनआरएन अभियानमा सपिलाको भूमिका
गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै राजभण्डारीले योगदान दिदै आएकी छिन्। उनले सन् २००५ देखि २००९ सम्म गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाको उपाध्यक्ष पदमा रही जिम्मेबारी लिईन्। यस्तै “प्रमोशन अफ नेपाल एब्रोड” टास्कफोर्समा रही संसारभर नेपाल चिनाउने कार्यक्रमहरुमा पनि राजभण्डारीले साथ दिएकि थिईन्।
सन् २००९-२०१३ सम्म उनले ले युरोपबाट मनोनित रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको रुपमा लगातार दुई कार्यकाल सम्हालिन्। यही अवधिमा पनि “प्रमोशन अफ नेपाल एब्रोड” , “परोपकारी-कार्य” समिति, “नेपाल लाइब्रेरि फाउन्डेशन” लगायतका समितीहरुमा रहेर एनआरएन अभियानमा योगदान दिईन्।
सन् २०११- २०१३ को कार्यकालमा “परोपकारी-कार्य” समितिको सह-संयोजक को जिम्मेवारी गर्दै मस्कोमा सम्पन्न एनआरएनए यूरोपियन क्षेत्रीय भेलामा “ईभेन्ट म्यानेजमेन्ट कमिटीको संयोजक पदमा रही सहयोग पुर्याइन्। सोहि अबसरमा उदघाटन गरिएको रसियाको “नेपाल-हाउस” परियोजनामा पनिराजभण्डारीको प्रत्यक्ष संलग्नता रहेको छ।
यस्तै सन् २०१३ देखि हाल सम्म उनि आइसिसिको महिला संयोजकको रुपमा सफलता पुर्बक जिम्मेबारी निर्बाह गरिरहेकी छन्। उनले महिला संयोजकमा रही काम गरिरहदा खास गरि बिपन्न महिलाहरुलाई लक्षित गरि ल्याईएको “आङ्ग खस्ने” (महिलाहरुका पाठेघर खस्ने रोग ) स्वास्थ्य परियोजना निकै लोकप्रिय छ। सोहि परियोजनाको संयोजकमा रही एनआरएन अभियानमा निरन्तर लाग्न सम्पूर्ण राष्ट्रिय समन्वय परिषदका महिला फोरमहरुलाई प्रेरित गरेकी छन्।
देशमा भूकम्पको जाँदा पनि उनि एक महिला स्वंयसेवकको रुपमा झन्डै एक महिना प्रभावित क्षेत्रमा खटेर काम गरिन्। भूकम्प ताका प्रभावित क्षेत्रमा काम गर्दा राजभण्डारीले देश भित्रका महिलाहरुको बास्तबिक अवस्था र समस्या बारे नजिकबाट परिचित हुने मौका र शिक्षा मिलेको बताउदै आएकी छन्।