गैर आबासीयहरुको सातौ अधिबेशन सुरु (फोटोफिचर सहित)


काठमाडौं । गैरआवासीय नेपाली संघको सातौ महाधिवेशन सुरु भएको छ । करिब १ हजार ५ सय गैर आबासीयहरु बीच अधिबेशन सुरु भएको हो। अधिबेशनको उद्घाटन दशैको मंगलधुन सँगै संस्थापक अध्यक्ष उपेन्द्र महतो र बर्तमान अध्यक्ष शेष घलेले पानसमा बत्ती बालेर गरेका थिए। उद्घाटन कार्यक्रममा पुर्ब अध्यक्षहरु,देबमान हिराचन,जीवा लामिछाने पनि साथ दिए।

उद्घाटन सत्र पछि संस्थापक अध्यक्ष डा. उपेन्द्र यादव, अध्यक्ष शेष घले, संरक्षक रामप्रताप थापा ,पूर्वअध्यक्षहरु जीवा लामिछाने ,देवमान हिराचन लगायतले बोलेका छन्। महासचिव कुमार पन्तले सांगठनिक र कोषाध्यक्ष डा. बद्री केसीको आर्थिक प्रतिबेदनमा पनि छलफल हुँदै छ।। अधिवेशनमा विहीबार मात्रै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

12092554_10153660023319629_1561246339_n‘एनआरएनए राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित शुक्रबारदेखि एनआरएन विश्व सम्मेलन शुरु हुनेछ । ताहाचलस्थित साेल्टी क्राउन प्लाजामा शुरू अधिवेशन सकिएपछि विश्व सम्मेलन शुरु हुने अायाेजकले जनाएकाे छ ।

विश्व सम्मेलनको २९ गते राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्ने कार्यक्रम छ।

एनआरएनले अधिवेशनको पूर्वसन्यामा झण्डै दुई साताअघिदेखि नै विभिन्न राजनीतिक ब्यक्तित्वहरुसँगको छलफल तथा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अधिवेशन उदघाटन अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन तथा गैरआवासीय नेपालीहरुको समस्या तथा मुलुकको आर्थिक विकाशका लागि एनएनआरएनले गर्ने योगदानका बारेमा कार्यक्रमहरु सम्पन्न भएका छन्।

तस्बिर लक्ष्मण शर्मा/नेपालीनेपाली डटकम

12166785_10153660314749629_18565589_n12167127_10153660023339629_1461127832_n11696722_10153660026039629_761808627_n12063962_10153660024559629_573414220_n12166819_10153660319854629_1642039696_n