कवि: पिताम्बर नेपाली
,,,,,,,,,,
ए ठूले तिमी कहाँ छाै
दशैं अाइसक्याे यहाँ ।
छाेराछाेरी हरु तिम्रा
बाटो हेर्छन् रुदै यहाँ।।
बुझायाै जिन्दगी तिम्ले
नुनतेल जुटाउन ।
नाकाबन्द भयाे अाज
छैन यो घरमा नुन।।
तिम्लाइनै पठायो कि
नाकाबन्द गराउन ?
तिम्लाइनै खटायाे कि
त्याे काला पानी मिचन ?
बन्दुक काँधकाे तिम्रो
साेझिदैछ कता तिर ?
मित्रकाे छातीमा हाे या
अाफ्नै जन्म भूमि तिर ?
हामी पाेखरीका माछा
तिमी मूल सकाउँछाै ।
अामाकाे गुन बिर्सेर
नुनकै पछि लाग्दछाै ।।
सिमापारी तिमी बस्छाै
नाका बन्द गराउँदै ।
यता हामीहरु मर्छाैं
छट्पटाई रुँदै रुँदै ।।
बुढी अामा यता रुन्छे
छाेराछाेरी उता तिर ।
मुख छाेपी रुँदै हाेलिन्
तिम्री प्यारी कतै तिर।।
दशैं अायाे भनेकाे त
दसा पाे भित्रियो यहाँ ।
नाकाबन्द गराउँदै
तिमी छाै अहिले कहाँ ।।?
सीमा अाफ्नाे मिचिएकाे
देख्याै कि देखेनाै त्यहाँ ?
अामाकाे छाती कुल्चेकाे
हेर्याै कि हेरेनाै त्यहाँ ?
बिचार गर ए ठुले
तिमी हाै वीर सन्तति ।
गर्दैछाै शत्रुकाे सेवा
हाम्रो नै हुन्छ दुर्गति ।।
(कवि नेपालका बरिष्ठ साहित्यकार हुनुहुन्छ।उहाँ जनमुखि बहुमुखि क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख पनि हुनुहुन्छ।)