कृष्ण रानाभाट/पोखरा
हरि तालिका तीजको अवसरमा स्याङ्जा जिल्ला भाटखोला गाविस वडा नं. ३ निवासी स्वर्गिय शेरबहादुर, मोतीकुमारी, कुलबहादुर र झुमादेवी रानाभाट अक्षयकोषको स्थापना दिवस सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिका सामाजिक विकास अधिकृतले उद्घाटन गर्दै अक्षयकोष संस्थापकको कार्यको प्रशंसा गरेका थिए। साथै उनले जिविसबाट हुन सक्ने सहयोग गर्ने पनि वताए।
कार्यक्रममा प्रमुख अतिथिले अपाङता भएका व्यक्ति, खेलकुदमा उत्कृष्ट, भुकम्प पिडित, जेष्ठ नागरिकलाई नगद सहयोग तथा सम्मान गरेका थिए। तीज गित प्रतियोगितामा प्रथम भगवती आमा समुह, दितिय दुर्गा भवानी आमा समुह, तृतिय वाल समुह र सान्त्वना शिबशक्ति आमा समुह भएका थिए उनिहरुलाई क्रमशः एक हजार पाँच सय, एक हजार दुई सय ५०, एक हजार र सात सय ५० पुरस्कार प्राप्त गरेका थिए।
अपाङगता भएकाहरु लालकुमारी रानाभाट, प्रेमबहादुर रानाभाट, तेजबहादुर घर्ती, रामबहादुर मगर, गौरव सुनाम, सुर्यबहादुर रानाभाट, पदमबहादुर रानाभाट, जयबहादुर रानाभाट, टिकादेवी लामिछाने र विक्रम लामिछाने रहेका थिए।
त्यसै गरी भुकम्प पिडितहरु चित्रकुमारी सार्की, तोयबहादुर घर्ती, प्रकाश सुनाम, सीता रानाभाट, मनकुमारी रानाभाट र जेष्ठ नागरिकहरु तीलाप्रभा रानाभाट, डम्बरी रानाभाट, टेकबहादुर रानाभाट रहेका थिए।
त्यस्तै असल सासु भद्रकली रानाभाट, असल बुहारी मैयादेवि रानाभाट, उत्कृष्ट स्वयम् सेवीका सुन्तली रानाभाट, रक्तदाताहरु छलिदेवी रानाभाट, मीनबहादुर रानाभाट, हरिश्चन्द्र देवकोटा, वन्दना वजाजलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
कार्यक्रममा अक्षयकोषको लागि सु.वोधराज रानाभाटले पाँच हजार, मुक्तिनाथ पाध्याले एक हजार ५०, वलबहादुर रानाभाटले एक हजार, आंसिक घर क्षति वापत प्राप्त तिन हजार, आमा समुह र चेलीवेटीबाट गरी १० हजार आठ सय संकलन भएको थियो।
सो अक्षयकोष स्वर्गिय शेरबहादुर र मोतीकुमारी रानाभाटका नाति एवं कुलबहादुर र झुमादेवी रानाभाटका छोरा रेशमबहादुर रानाभाटले उनिहरुको स्मृतिमा २०६५ सालमा स्थापना हुन्। जनमुखी प्रावि भाटखोला ३ साउथरका प्रधानाध्यापकसमेत रहेको रानाभाट आफु अपाङ हुन्।
सो अवसरमा स्याङ्जा अपाङ समाजका पुर्व अध्यक्ष युवराज पराजुली, नेकपा एमाले भाटखोला एकाई अध्यक्ष ज्ञानबहादुर रानाभाट, अक्षयकोष संस्थापक सु.वोधराज रानाभाट, मिनबहादुर रानाभाटलगाएतले शुभकामना व्यक्त गरेका थिए।
कोषका संरक्षक वलबहादुर रानाभाट अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा नागरिक मञ्चका संयोजक गोविन सुनाम र संचालन रेशमबहादुर रानाभाटले गरेका थिए।