भुकम्प पछि नेपालबारे विश्वमा झुटो प्रचार भएकोमा चिन्ता


कृष्ण रानाभाट/पोखरा 
वैशाख १२ को भुकम्प पछि विदेशी मिडियाहरुले प्रसारण गरेको समाचारको कारण नेपाल घुम्न आउने पर्यटकमा नराम्रो असर परेका सम्युक्त राष्ट्र संघ विकास कार्यक्रम व्रसेल्स कार्यलयका स्थानिय विकास विज्ञ जिकोमो नेग्रोटो क्याम्विएसोले शनिबार वताएका छन्। जिकोमोले पत्रकार तथा पर्यटन व्यवसायीहरुलाई आफुलाई पनि नेपालमा सुरक्षा छैन, जे पनि हुन सक्छ, अहिले नेपाल जानु हुँदैन भन्दाभन्दै पनि आफु नेपाल आएको वताए।

उनले आफुले नेपालमा घुम्दा कतै कुनै पनि किसिमको असुरक्षा र डरको अनुभुति नभएकोले नेपाल सुरक्षित रहेको सन्देश लैजाने वताए। पर्यटन पुर्नउथान समितिका अध्यक्ष गणेशबहादुर भट्टराईले देशको राजनैतिक अस्थिरता, भ्रष्टाचार र वेथितिको कारण पर्यटनमा असर परेका वताउँदै पर्यटनको सिथिलताको कारण समग्र व्यवसायमा मन्दि आएको वताए।

साथै उनले नेपाल पर्यटकको गन्तव्य भएता पनि प्रसिद्ध मिडियाहरुले विग्रेको भत्केको समाचार प्रसारण गर्ने तर नेपालमा विनासकारी भुकम्पपछि पनि कुनै रोगव्याधी तथा सुरक्षाको खतरा नरहेको जस्ता राम्रो समाचार प्रसारण नहुनु दुःखको कुरा वताए।
सो अवसरमा पत्रकारहरु भिम घिमिरे, सुरेन्द्र पौडेल, कृष्ण दवाडी, मोहन वराल, कृष्ण रानाभाटलगाएतले जिज्ञासा राखेको थिए।

जेएमडिआई परियोजनाकी नेपालस्थित फोकल पोईन्ट मोहिन्दु चेम्जोङ, एशियन फोरमका परियोजना संयोजक निलाम्बर वडाल, एशियन फोरमका केन्द्रिय उपाध्यक्ष छ्यामबहादुर थापा लगाएतले एशियन फोरम र जेएमडिआईले तनहँुको राना गाउँ र कास्कीको पुम्दीभुम्दीमा वैदेशिक रोजगारीबाट आएका तथा वेरोजगार गाउँका युवालाई रोजगारी प्रदान गर्ने उद्धेश्यले होमस्टेको लागि सहयोग गरेको वताए।
कार्यक्रमको संचालन होस्ट प्रोजेक्ट कास्कीका सुचना अधिकृत विवेक गुरुङले गरेका थिए।