पोखरा /
नेपाल हाउस कास्कीको आठौं साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भयो।
जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत तथा प्रमुख अतिथि अर्जुन न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै गैर सरकारी संस्थाहरुको विगत एक आपसमा नमिल्ने गरेको भएता पनि नपछिल्लो समयमा मिलेर धेरै राम्रा कार्यहरुको गरेको वताए।
देशमा वैशाख १२ गते आएको विनासकारी भुकम्पमा कास्की जिल्लामा रहेका गैरसरकारी संस्थाहरु सरकारका निकायहरुसंग मिलेर कार्य गरेका कारण धेरै राम्रो परिणाम प्राप्त भएको वताए।
सोही अवसरमा संस्थामा कार्यरत कर्मचारीहरुको हौसला अभिवृद्धिकोलागि शिक्षिका तथा मनोविमर्शकर्ताहरुलाई सम्मान गरेको थियो। सम्मानित शिक्षिकाहरु बुद्धिकुमारी गुरुङ, सरिता लामिछाने, दिपा कार्की र मनोविमर्शकर्ताहरु विनाकुमारी पुन र लक्ष्मी गौतम त्रिपाठीलाई प्रमुख अतिथिले प्रसंशापत्रले सम्मानित गरेका थिए।
कार्यक्रममा पोखरा २६ सराङकोटका सचिव रुद्रप्रसाद वस्ताकोटी, जिल्ला वाल कल्याण समितिका वाल अधिकार अधिकृत भरतराज वराल, छुनुमुनु वाल क्लब कास्कीका अध्यक्ष रविराज वसौला, वाल सुधार गृहका प्रमुख प्रदिप पराजुली, गैसस महासंघका गोपाल खड्कालगाएतले शुभकामना व्यक्त गरेका थिए।संस्थाका सचिव पुष्कलबहादुर थापाले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मनोविमर्श तथा शेक्षिक सेवा लगाएत सामाजिक गतिविधि गर्दै आएको र हालसम्म नौ सयभन्दा वढि वालवालिकालाई मनोविमर्श सेवा दिई सकेको वताए।
संस्थाका अध्यक्ष रणबहादुर थापाले कास्की जिल्लाभित्र रहेका विभिन्न वालगृह तथा सामुदायीक विद्यालयहरुको सहकार्यमा मनोविमर्श सेवा दिर्दै आएको तथा गोर्खा जिल्लाका भुकम्प पिडितहरुको लागि वस्नेवास वनाउन सहयोग गरेको वताए।
संस्थाका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य तेजनारायण पराजुली र संचालन शिक्षिका लक्ष्मी गौतमले गरेकी थिईन्।